बागलुङ । उच्च अदालत पाटनले ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडको निवेदनमा गत चैत २२ गते जलविद्युत परियोजनाको निर्माण कार्य नरोक्न अन्तरिम आदेश जारी गरेको छ। कम्पनीले गाइघाट झरना रिसोर्टसम्बन्धी विवादमा सो रिसोर्ट पक्षविरुद्ध अदालतमा निवेदन दिएको थियो।
मुद्दामा निवेदक कम्पनीका तर्फबाट अधिवक्ता सुवास आचार्य र अधिवक्ता सृजना पोखरेलले बहस गर्नुभएको थियो। दुवै पक्षका कानुनी तर्क सुनेपछि अदालतले प्रारम्भिक रूपमा निवेदककै पक्षमा आदेश दिएको हो।
अदालतले विवादको अन्तिम टुङ्गो नलागेसम्म सम्बन्धित आयोजनाको निर्माण कार्य नरोक्न तथा कुनै किसिमको अवरोध नगर्न विपक्षीलाई निर्देशन दिएको छ। साथै वातावरणीय तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर काम गर्न पनि भनिएको छ। यस आदेशसँगै विवाद समाधान नहुँदासम्म निर्माण कार्य जारी राख्ने बाटो खुलेको छ। अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत निर्देशन दिएको छ।
विगत दुई वर्षदेखि बागलुङको ताराखोलाबाट ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडले जलविद्युत परियोजना निर्माण गर्दै आएको छ। निर्माणका विभिन्न चरणमा सामुदायिक वन तथा स्थानीयले विभिन्न मागसहित परियोजनासँग छलफल गर्दै आएका थिए। उनीहरूका माग पारिस्थितिक प्रणाली र जलीय वातावरणसँग सम्बन्धित रहेका थिए।
जलविद्युत परियोजनाको भौतिक पूर्वाधार निर्माणका क्रममा स्थानीयको सिँचाइ व्यवस्थापन प्रभावित भएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले समन्वय गरेको थियो भने गलकोट नगरपालिकाले पनि सहजीकरण गरेको थियो।
ताराखोला गाउँपालिका–१, २ र ३ प्रभावित हुने गरी निर्माण भइरहेको मध्य दरमखोला ए जलविद्युत परियोजनाले गलकोट नगरपालिकामा पावर हाउस निर्माण अघि बढाएपछि हरिचौर क्षेत्रको सिँचाइ प्रणाली प्रभावित भएको विषयमा विवाद उत्पन्न भएको थियो।
सोही विषयमा जिल्ला प्रशासन कार्यालय बागलुङको संयोजकत्वमा १० सदस्यीय समस्या अध्ययन तथा समाधान सहजीकरण समिति गठन गरिएको थियो। समितिमा विद्युत निर्माण कम्पनीका ३ जना, सिँचाइ प्रभावित क्षेत्रका ५ जना, गलकोट नगरपालिकाका प्राविधिक इन्जिनियर १ जना र जिल्ला प्रशासन कार्यालयका १ जना प्रतिनिधि रहेका थिए। समितिलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन तयार गरी समस्या समाधान गर्ने जिम्मा दिइएको थियो।
त्यसैगरी ताराखोला गाउँपालिकाले पनि सरोकारवालासँग छलफल गर्दै आएको थियो। जिल्ला वन कार्यालयको प्रमुखसहित कम्पनी, स्थानीय, सामुदायिक वनलगायत सरोकारवालासँग छलफलसमेत गरिएको थियो। तर समस्या पूर्ण रूपमा समाधान हुन नसकेपछि विषय अदालतसम्म पुगेको हो।
हाल कम्पनीले ताराखोला गाउँपालिका–३ घुस्मेली मुनी ड्याम र पाइपलाइन झण्डै ७५ प्रतिशत काम सम्पन्न गरेको छ। पावर हाउसको बेस निर्माण भइसके पनि पछिल्लो समय काम रोकिएको छ। अदालतको आदेशपछि निर्माण कार्य पुन: अघि बढ्ने भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...
आषाढ़ १ गते, २०८३ - १७:१६
काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...
आषाढ़ १ गते, २०८३ - १७:०३
जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...
आषाढ़ १ गते, २०८३ - १६:५३
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...
आषाढ़ १ गते, २०८३ - १६:४२
जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...
आषाढ़ १ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...
आषाढ़ १ गते, २०८३ - १५:५३
पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...
आषाढ़ १ गते, २०८३ - १५:४२
जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...
आषाढ़ १ गते, २०८३ - १५:२१
जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...



प्रतिकृया लेख्नुहोस्: