लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि खुँडा प्रहार भएको हो । प्रहारलगत्तै उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पोखरा–९, पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आउनुभएकी एकल महिला सिर्जनाका श्रीमान् कृष्ण केसीको तीन वर्षअघि निधन भएको थियो । उनीहरूका चार वर्षीया एक छोरी छन्। श्रीमान्को मृत्युपश्चात् सुरु भएको पारिवारिक कलह र अंश मुद्दाको विवादकै कारण सिर्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
हत्या अभियोगमा प्रहरीले २७ वर्षीय शिशिर केसी र पोखरा–१७, रातोपहिरो बस्ने ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । मुख्य अभियुक्त शिशिरलाई रूपन्देहीको बुटवल–२, मनकामना टोलबाट नियन्त्रणमा लिइएको हो । पर्वतको कुश्मा–११ घर भई पोखरा–६ बस्ने शिशिरले परियारसँग मिलेर हत्या गरेको स्वीकार गरी सकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार अभियुक्त शिशिर यसअघि पनि लागु औषध, अभद्र व्यवहार र चोरी मुद्दामा पटक–पटक हिरासतमा परेका व्यक्ति हुन् । अर्का अभियुक्त परियार पनि लागु औषध मुद्दामा दुई पटक सजाय काटिसकेका व्यक्ति हुन् । हत्यापछि शिशिरलाई मोटरसाइकलमा राखेर भगाउने चालकको भने खोजी भइरहेको छ ।
कृष्णकी जेठी श्रीमतीतर्फका सन्तानसँग सिर्जनाको पारिवारिक विवाद रहेको र सोही कारण यो घटना भएको प्रहरीको ठम्याइ छ । सिर्जनाले परिवारविरुद्ध दायर गरेको अंश मुद्दा अहिले पनि जिल्ला अदालत कास्कीमा विचाराधीन छ । प्रहरी उपरीक्षक कार्कीले भने, “घटनामा अन्य मतियार वा सहयोगीको संलग्नता भएरनभएकोबारे अनुसन्धान जारी छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाइने छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...
आषाढ़ १ गते, २०८३ - १७:१६
काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...
आषाढ़ १ गते, २०८३ - १७:०३
जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...
आषाढ़ १ गते, २०८३ - १६:५३
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...
आषाढ़ १ गते, २०८३ - १६:४२
जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...
आषाढ़ १ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...
आषाढ़ १ गते, २०८३ - १५:५३
पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...
आषाढ़ १ गते, २०८३ - १५:४२
जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...
आषाढ़ १ गते, २०८३ - १५:२१
जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...



प्रतिकृया लेख्नुहोस्: