हुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेर उनीहरू फिर्ता भएका हुन्। जाङ गाउँका ४९ जना स्थानीय एक दिन पैदल र एक दिन गाडीको यात्रा गर्दै दुई दिन लगाएर सदरमुकाम सिमकोट पुगेको हल्जी गाउँका स्थानीय कुन्जोक तामाङले बताए।
उनका अनुसार लिमी जाँदा पैदल यात्रा गर्दा न्यालु लेकमा जमेको करिब तीन फिट हिउँ पार गर्नुपरेको थियो। फर्कँदा भने लिमीको तील र हिल्साबीचको यालुलाग्नामा जमेको करिब एक फिट हिउँ छिचोल्दै हिल्सा पुगेका उनीहरू त्यहाँबाट गाडी चढेर सिमकोट आइपुगेका हुन्।
उक्त गाउँको भृकुटी प्रावि मतदान केन्द्रमा ५८ मत खसेको थियो। मतदानका लागि स्थानीयहरू काठमाडौं र चीनको ताक्लाकोटबाट लिमी पुगेका थिए। उनीहरूमध्ये २५ जना ताक्लाकोटबाट आएका थिए भने ५४ जना काठमाडौंबाट मतदान गर्न पुगेका थिए।
जाङ गाउँबाट फर्किएका ४९ जना हिल्सा हुँदै सिमकोट आइपुगेका र अब काठमाडौं फर्किने तयारीमा रहेको तामाङले बताए। चार जना भने ताक्लाकोट फर्किने तयारीमा छन्।
काठमाडौंबाट सिमकोट हुँदै न्यालु लेक पार गरेर लिमी पुगेका दुई घरधुरीका पाँच जना भने जाङ गाउँमै बसेका छन्।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यसपटक लिमीवासीले निकै खर्च गरेर मतदानमा सहभागिता जनाएको बताए। न्यालु लेकमा हिउँ बढी भएकाले अधिकांश स्थानीय हिल्साबाट सिमकोटतर्फ फर्किएका भए पनि आफू भने गाउँमै बसेको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...
बैशाख १६ गते, २०८३ - १७:३२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । ललितपुरको बीपी...
बैशाख १६ गते, २०८३ - १७:०९
काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...
बैशाख १६ गते, २०८३ - १६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...
बैशाख १६ गते, २०८३ - १६:४५
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...
बैशाख १६ गते, २०८३ - १६:३३
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...
बैशाख १६ गते, २०८३ - १६:२३
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...
बैशाख १६ गते, २०८३ - १६:०४
अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...
बैशाख १६ गते, २०८३ - १५:४०
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...


प्रतिकृया लेख्नुहोस्: