जुम्ला । जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने छ सय ५४ जनामध्य छ सय ४८ जना सोमबार मतदान केन्द्रमा कर्मचारी खटाइएको हो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस आनन्दराज पन्तका अनुसार १०८ वटा मतदान केन्द्रमा १०८ जना मतदान अधिकृत, १०८ जना सहायक मतदान अधिकृत, १०८ जना सहयोगी र तिनसय २४ जना कर्मचारी खटिएका छन् ।
उनले जम्मा एक सय १० मतदान केन्द्रमा १०८ केन्द्रमा आज कर्मचारी खटाइएको जानकारी दिए। उनका अनुसार समानुपातिक र पारदर्शी तरिकाले कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्रका लागि ६ जना कर्मचारी खटिन बाँकी रहेको छ ।
११८ महिला कर्मचारी
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार मतदान केन्द्रमा एक सय १८ जना ९ १८.२०( प्रतिशत) महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृत पन्तले मतदान केन्द्रमा यसपटक सात जना मतदान अधिकृत, २६ जना सहायक मतदान अधिकृतसहित एक सय १८ जना महिला कर्मचारी खटाइएको जानकारी दिए।
यसैगरी, जिल्लाको एउटा मतदान केन्द्र चन्दननाथ माध्यामिक विद्यालय रहेको केन्द्रमा पूरै महिला कर्मचारीको टिम खटाइएको छ । सहायक मतदान अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार चन्दननाथ माविको केन्द्रमा मतदान अधिकृत सुर्खेत जुम्ला उच्च अदालतका शाखा अधिकृत शुसिला पाण्डे र सहयोग मतदान अधिकृत डिभिजन वन कार्यालयका बिस्मिता अर्यालको नेतृत्वमा महिला कर्मचारी खटिएको छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थानीय कर्मचारीलाई आफ्नो मतदान केन्द्रभन्दा टाढा खटाइएको छ । कर्मचारीलाई दुर्गम र किलोमिटरको आधारमा सेवा सुविधा दिइनेछ । यस पटक कार्यालय सहयोगी बाहेक सबै स्थायी कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले थपे। कर्मचारी खटन पटनका लागि जिल्ला जनशक्ति व्यवस्थापन समितिले एक हजार चार सय ९९ कर्मचारी छनोट गरी पठाएको थियो । जसमा छ सय ५४ जना खटिने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...
आषाढ़ १ गते, २०८३ - १७:१६
काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...
आषाढ़ १ गते, २०८३ - १७:०३
जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...
आषाढ़ १ गते, २०८३ - १६:५३
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...
आषाढ़ १ गते, २०८३ - १६:४२
जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...
आषाढ़ १ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...
आषाढ़ १ गते, २०८३ - १५:५३
पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...
आषाढ़ १ गते, २०८३ - १५:४२
जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...
आषाढ़ १ गते, २०८३ - १५:२१
जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...



प्रतिकृया लेख्नुहोस्: