Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

जेनजी विद्रोहपछि पनि राजनीति किन उस्तै ?

खबरडबली संवाददाता

काठमाडौं ।  चुनाव नजिकिँदै जाँदा नेपाली राजनीति असामान्य गतिमा फेरबदल भइरहेका बेला राजनीतिकशास्त्री सुचेता प्याकुरेलले भोट माग्ने शैली र सरकार चलाउने क्षमताबीचको दूरीबारे गम्भीर प्रश्न उठाएकी छन्। उनका अनुसार अहिलेको राजनीतिक माहोलमा “पर्सुएशन” धेरै छ, तर “डेलिभरी” को तयारी कमजोर देखिन्छ।

अनलाइनखबरसँगको कुराकानीमा उनले राजनीति ‘आर्ट अफ पर्सुएशन’ भए पनि ‘पोलिटिकल साइन्स’ भने निर्वाचनपछिको वैज्ञानिक व्यवस्थापनसँग जोडिएको बताइन्। “भोट त भावनाले पर्न सक्छ, तर पाँच वर्ष चल्ने सरकार तथ्यांक, नीति र स्पष्ट लक्ष्यबिना चल्दैन,” उनले भनिन्, “प्रमिस र डेलिभरीबीच तादात्म्य मिलेन भने लोकतन्त्रप्रति नै वितृष्णा बढ्छ।”

‘डार्क आर्ट’ को बढ्दो प्रयोग

प्याकुरेलका अनुसार अहिले राजनीतिमा ‘डार्क आर्ट’—झुट, भ्रम र पहिचानको दुरुपयोग—बढ्दो छ। सामाजिक समावेशीकरणका नाममा जातीयता र लिङ्गलाई चुनावी हतियार बनाउने, बाहिर एउटा देखाएर भित्र आफ्नै समूहलाई अवसर दिने प्रवृत्ति नयाँ दलहरूमा पनि दोहोरिएको उनले बताइन्। “नयाँ पात्र आए, तर प्रवृत्ति पुरानै निरन्तर भयो,” उनको टिप्पणी छ।

जेनजी विद्रोह र कांग्रेसभित्रको हलचल

जेनजी विद्रोह केही दिनमै सामान्य जस्तो देखिए पनि त्यसको प्रभाव नेपाली कांग्रेसभित्र देखिएको उनले सकारात्मक रूपमा लिइन्। “डेड पार्टी जस्तो देखिएको कांग्रेसमा परिवर्तनको फ्लिकर देखियो,” उनले भनिन्, “यो बदलिसक्यो भन्ने होइन, बदलिने प्रक्रिया सुरु भएको संकेत हो।”

बालेन–रास्वपा सहकार्य र ‘पोलिटिकल कन्ज्युमरिज्म’

बालेन शाहको लोकप्रियता र रास्वपाको सहकार्यलाई उनले ‘पोलिटिकल कन्ज्युमरिज्म’ सँग जोडेकी छन्। भोटरलाई ‘स्टेकहोल्डर’ वा ‘कन्ज्युमर’ जस्तो हेर्ने प्रवृत्तिले व्यक्तित्वलाई प्राथमिकता दिने र विचारधारा अस्पष्ट हुने जोखिम बढाएको उनको भनाइ छ। “प्रतिनिधि कस्तो हो, उसको दार्शनिक आधार के हो भन्ने थाहा नहुँदा भोटर कुन आधारमा निर्णय गर्छ?” उनले प्रश्न गरिन्।

एमालेमा आन्तरिक लोकतन्त्रको ह्रास

एमालेबारे बोल्दै प्याकुरेलले आन्तरिक लोकतान्त्रिक संस्कृतिमा कमजोरी आएको बताइन्। “ग्रुप थिंक र इन्डोक्ट्रिनेसन देखिन्छ, डिसेन्ट दबाइन्छ,” उनले भनिन्, “लोकतन्त्रका लागि लड्ने दलभित्रै लोकतन्त्र कमजोर भयो भने त्यसको असर व्यापक हुन्छ।” नेतृत्वले आत्ममूल्यांकन गर्नुपर्ने बेला आएको उनले औंल्याइन्।

चुनाव मात्र समाधान होइन

उनले चुनावलाई ‘फ्रेस म्यान्डेट’ का लागि आवश्यक ठहर गरे पनि चुनावपछि बन्ने सरकार, गठबन्धन र नीतिहरूले वास्तविक दिशा तय गर्ने बताइन्। “चुनावले मात्र सबै समस्या समाधान गर्छ भन्ने सोच फेरि निराशातर्फ लैजान सक्छ,” उनले भनिन्।

महिलाको घट्दो सहभागिता

राजनीति अझै पुरुषकेन्द्रित रहेको उल्लेख गर्दै प्याकुरेलले महिलालाई ‘देखाउने मुख’ जस्तो व्यवहार गरिने प्रवृत्ति रहेको बताइन्। प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या घट्नु चिन्ताजनक भएको उनको धारणा छ। “महिलामा ओनरशिप छ, तर एजेन्सी छैन,” उनले भनिन्, “त्यसैले धेरै महिला स्वतन्त्र उम्मेदवार बन्दैछन्।”

भोटरका लागि चुनौती: सूचना कि भ्रम?

सामाजिक सञ्जाल, एआई र मिसइन्फर्मेसनले भोटरलाई अन्योलमा पार्ने जोखिम बढेको उनले औंल्याइन्। समाधानका रूपमा उनले उम्मेदवार र पार्टीका आधिकारिक दस्तावेज, घोषणापत्र र विगतका प्रतिबद्धताको मूल्यांकन गर्न सुझाइन्। “राजनीतिक नोइज काट्न कागजी दस्तावेजमै फर्किनुपर्छ,” उनको सल्लाह छ।

प्याकुरेलको निष्कर्ष स्पष्ट छ “भोट बटुलेर सरकारमा जाने, अनि देखाजाएगा भन्न मिल्दैन। चुनावअघि जति ऊर्जा छ, त्यति नै तयारी सरकार चलाउन पनि देखिनुपर्छ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending