Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

महिलाको उद्यमशीलता र पेशागत सीप विकासमा सरकारले सक्रिय नेतृत्व लिनुपर्छ: अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासमा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

मंगलबार भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालद्वारा आयोजित ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’को समापन समारोहमा प्रमुख अतिथि रहेका प्रचण्डले महिलाको आर्थिक सबलीकरणका यस्ता कार्यक्रमलाई सरकारी प्राथमिकतामा राख्नुपर्ने बताए ।

“म यो कार्यक्रम र महिला दिदीबहिनीको सहभागिता देखेर प्रभावित भएको छु । यस किसिमको अभियानमा सरकारले अग्रसर भूमिका लिनुपर्छ । म पूर्वप्रधानमन्त्रीको हैसियतले पनि यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु,” उनले भने ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सहभागी युवा महिलाहरूको लगन, मिहिनेत र उत्साहप्रति प्रशंसा व्यक्त गर्दै उनीहरूलाई प्रतीकात्मक रूपमा ‘बन्दुकविहीन महिलाहरूको सेना’सँग तुलना गरे ।

“जनयुद्धमा हामीले महिलामाथि हुने विभेदका विरुद्ध विद्रोह गर्‍यौं र त्यसमा महिलाहरूको उत्साहपूर्ण सहभागिता रह्यो । अहिले मेकअप वर्कसपमा तपाईँहरूको उत्साह देख्दा त्यही साहसको झल्को पाएको छु । देशभरका महिलाले यहाँबाट प्रेरणा लिनेछन्,” प्रचण्डले भने ।

एकदिने उक्त वर्कसपमा देशभरबाट दुई हजार १३१ जना सहभागी भए । आयोजकका अनुसार यसले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’को रेकर्ड कायम गरेको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले उक्त उपलब्धिको प्रमाणपत्र आयोजकलाई हस्तान्तरण गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending