Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

पपुलारिटीको भोकभित्र हराएको नेपाली राजनीति

कमल भट्टराई लिखु-५, ओखलढुंगा
कमल भट्टराई लिखु-५, ओखलढुंगा

राजनीति मूलतः जनताको सेवा, न्याय, समानता र दीर्घकालीन समृद्धिको मार्गदर्शनका लागि जन्मिएको व्यवस्था हो। तर आजको नेपाली राजनीतिले त्यो आत्मा बिस्तारै गुमाउँदै गएको अनुभूति आम नागरिकले गर्न थालेका छन्। नीति, सिद्धान्त र दूरदृष्टिभन्दा माथि आज पपुलारिटी, ट्रेन्ड, ताली र जयजयकार उभिएका छन्। राजनीति अब विचारको संघर्ष होइन, दृश्यको प्रतिस्पर्धा बन्दै गएको छ।

आज नेतृत्व विचारले होइन, क्यामेराको एङ्गल, भाषणको नाटकीयता, सामाजिक सञ्जालको ट्रेन्ड र बनावटी सरलताले मापन हुन थालेको छ। को कति गम्भीर छ भन्नेभन्दा पनि को कति भाइरल भयो भन्ने प्रश्न प्रधान बन्न पुगेको छ। सत्य बोल्नु जोखिमपूर्ण हुँदै गएको छ, तर भीडले मन पराउने कुरा भन्नु सुरक्षित र लाभदायक देखिन्छ।

नीतिको स्थानमा नारा, दृष्टिको स्थानमा दृश्य

लोकतन्त्रमा नीति निर्माण सबैभन्दा केन्द्रीय विषय हुनुपर्ने हो। देशको आर्थिक मोडेल के हुने? शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, औद्योगिकरण र परराष्ट्र नीति कता जाने? तर यस्ता गम्भीर प्रश्नहरू आजको राजनीतिक बहसबाट क्रमशः हराउँदै गएका छन्। यसको सट्टा छोटा, चर्का, भावनात्मक नारा बिक्ने बजार बनेको छ।

दृष्टि होइन, दृश्य बिक्छ। योजना होइन, प्रस्तुति बिक्छ। तथ्य होइन, भावना बिक्छ।
राजनीति अब “समाधान के हो?” भन्ने प्रश्नभन्दा “कसले बढी ताली पायो?” भन्ने प्रतिस्पर्धामा सिमित हुँदै गएको छ।

प्रश्न गर्नेहरू किन शत्रु ठहरिन्छन्?

लोकतन्त्रको प्राण नै प्रश्न हो। सत्तामा बसेकाहरूलाई प्रश्न गर्न सक्ने नागरिक, पत्रकार, बुद्धिजीवी र कार्यकर्ताले नै लोकतन्त्रलाई जीवित राख्छन्। तर नेपाली राजनीतिमा प्रश्न सोध्नु अपराध जस्तै बन्दै गएको छ।

जहाँ प्रश्न उठाउनुपर्ने थियो, त्यहाँ प्रशंसा खोजिन्छ। जहाँ उत्तर दिनुपर्ने थियो, त्यहाँ स्टन्ट देखाइन्छ। जहाँ बहस हुनुपर्ने थियो, त्यहाँ चुप्पी थोपरिन्छ। प्रश्न सोध्नेहरूलाई ‘वर्ग–शत्रु’, ‘एजेन्ट’, ‘दलाल’ वा ‘प्रतिक्रान्तिकारी’को ट्याग लगाइन्छ। यसरी आलोचनालाई दमन गर्दै जाने प्रवृत्तिले राजनीति सुधार होइन, अझ गहिरो संकटतर्फ धकेलिन्छ।

देवत्वकरण र राक्षसीकरणको खतरनाक रोग

नेपाली समाज आज दुई अतिवादबीच फसेको छ .  एकातिर कसैलाई देवता बनाउने रोग,
अर्कोतिर कसैलाई पूर्ण रूपमा राक्षस बनाउने प्रवृत्ति।

नेताहरू गल्ती नगर्ने देवता होइनन्, न त सबै समस्याको जड एउटै व्यक्ति मात्रै हो। तर हाम्रो राजनीतिक चेतना यति भावनात्मक र सतही बनाइएको छ कि विवेकपूर्ण मूल्यांकन गर्ने ठाउँ नै बाँकी छैन।

इतिहास साक्षी छ—राजा आए, गए। राणा आए, गए। पञ्चायत आयो, गयो। कांग्रेस, एमाले, माओवादी—सबैको उदय र अवसानको चक्र घुमिरहेकै छ।

आज जसलाई ‘उद्धारकर्ता’ ठानिँदैछ, भोलि उसैलाई ‘धोकेबाज’ भनिने सम्भावना उत्तिकै छ। ट्रेन्ड कहिल्यै स्थायी हुँदैन।

जनता दर्शक बनाइएको राजनीति

सबैभन्दा दुःखद पक्ष के हो भने, जनता अब राजनीतिका सक्रिय भागीदार होइनन्, दर्शक बनाइएका छन्। देश रंगमञ्च बनेको छ, नेताहरू कलाकार र जनता ताली बजाउने भीड।

निर्णय माथिबाट हुन्छ, जनता तलबाट ताली बजाउँछन्। चुनावमा मत हाल्नु बाहेक जनताको भूमिका लगभग समाप्त जस्तै बनाइएको छ। नीति निर्माण, प्राथमिकता निर्धारण र राज्यको दीर्घकालीन दिशा तय गर्ने प्रक्रियाबाट जनता टाढा राखिएका छन्। यसले लोकतन्त्रलाई औपचारिक बनाएको छ, सारहीन बनाएको छ।

स्वदेशी–विदेशी स्वार्थको प्रयोगशाला

राजनीति जब विचार र आत्माबाट खाली हुन्छ, तब त्यो स्वार्थको प्रयोगशाला बन्छ। नेपाल आज त्यही अवस्थाबाट गुज्रिरहेको छ। स्वदेशी शक्ति केन्द्रहरू र विदेशी हित समूहहरूका लागि देश प्रयोग हुने थलो बन्दै गएको छ।

नेतृत्व कमजोर हुँदा, नीति अस्पष्ट हुँदा र जनताको चेतना विभाजित हुँदा बाह्य प्रभाव सजिलै हावी हुन्छ। राष्ट्रको हितभन्दा दल, गुट र व्यक्तिगत लाभ प्राथमिक बन्न पुग्छ।

इतिहास पढ्न नचाहने समाज

हामी २००७ सालदेखि २०८२ सालसम्म आइपुग्दा पनि आफ्नो राजनीतिक इतिहासलाई गम्भीर रूपमा अध्ययन गर्न चाहँदैनौं। हरेक पुस्ता नयाँ भ्रम, नयाँ नारामा बग्छ। पुराना गल्ती दोहोरिन्छन्।

हिजो पञ्चायतलाई गाली गर्दै समर्थन गरियो, पछि राजालाई गाली गर्दै समर्थन गरियो,
त्यसपछि कुनै दललाई, अहिले कुनै व्यक्तिलाई।

लगानी सधैँ शक्ति देखिने ठाउँमा गरिन्छ। तर शक्ति सधैँ स्थायी हुँदैन। इतिहास नबुझ्दा हामी व्यक्तिपूजाको चक्रमा फसिरहन्छौं।

समस्या नेता मात्र होइन, व्यवस्था पनि हो

सबै दोष नेता र नेतृत्वमा मात्र थोपर्नु सजिलो छ, तर सत्य त्यति सरल छैन। हामीले अंगालेको राजनीतिक संरचनामा पनि गम्भीर कमजोरीहरू छन्। अस्थिर सरकार, कमजोर कार्यकारी नेतृत्व, गठबन्धनको सौदाबाजी र जिम्मेवारी नलिने संस्कृति—यी सबै संरचनागत समस्या हुन्।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नहुनुले निर्णय क्षमता कमजोर बनाएको छ। शक्ति छरिएको छ, तर जिम्मेवारी केन्द्रित छैन। परिणामस्वरूप कसैले पनि पूर्ण उत्तरदायित्व लिँदैन।

अब के गर्ने?

अब प्रश्न उठ्छ   के हो त समाधान ? पहिलो, नागरिक चेतना गहिरो बनाउनु जरुरी छ।  दोस्रो, व्यक्तिपूजाबाट माथि उठेर नीतिको मूल्यांकन गर्ने संस्कार विकास गर्नुपर्छ। तेस्रो, आलोचनालाई शत्रुता होइन, सुधारको आधार मान्नुपर्छ र चौथो, इतिहास पढ्ने, बुझ्ने र त्यसबाट सिक्ने साहस गर्नुपर्छ।

राजनीति मनोरञ्जन होइन। यो देशको भविष्यसँग जोडिएको गम्भीर जिम्मेवारी हो।

 

ट्रेन्ड सकिन्छ, ताली थामिन्छ, हिरोहरू बदलिन्छन् तर देश रही रहन्छ। देशलाई सधैँ जिम्मेवार काँध चाहिन्छ । न कि क्षणिक पपुलारिटी। यदि नेपाली राजनीतिले आत्मा फिर्ता ल्याउनुपर्छ भने, त्यो आत्मा जनता, विवेक र जिम्मेवारीबाट मात्रै फर्किन सक्छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवलमा नेकपाको घरदैलो अभियान तीव्र

परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक: उम्मेदवार पाण्डे

भक्तपुर–२ः मतको खेल कसको फाइदामा ?

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क...

इमाडोलमा जलेको बस अझै सडकमैः ६ महिनादेखि अलपत्र हुँँदा दैनिक हजारौं यात्रु प्रभावित

ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादे...

चुनावी घेराबन्दीमा एमाले: आफ्नै आधार जोगाउनै चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बनेको छ। नेपाली कांग्रेस, ...

खेतमा चिरा, भाषणमा हरियाली: सुक्खा मधेस र चुनावी मौनता

महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका...

घोषणापत्रमा चुरे प्राथमिकता, कार्यान्वयनमा कति गम्भीरता ?

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू देशभर मतदातामाझ सक्रिय छन्। रोजगारी, सुशासन, शिक्षा र स्वास्थ्यजस्ता...

अधिकारदेखि समृद्धिसम्म: मधेसको एजेन्डामा नेकपाको प्रतिवद्धता

जनकपुरधाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस र मधेसी जनताको राजनीतिक अधिकार, सामाजिक सम्मान र आर्थिक समृद्धिलाई आफ्नो मूल प्राथमिकतामा राख्दै आए...

स्थिरता र सुधारको एजेन्डा लिएर मैदानमा नेकपा: ‘तारा’ परिवर्तनको आधार भएको दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक असहज अवस्थाबाट निकासका लागि निर्वाचन ...

नेकपाकाे निर्वाचन लक्षित ४० बुँदे निर्देशन: बुथदेखि मतगणनासम्म चेन अफ कमाण्डमा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना नेता–कार्यकर्ता र सदस्यहरूका ...

समाजवादी रूपान्तरणको एजेन्डा: पाँचकुने तारामा मतदानको अपिल

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देश चुनावी माहोलमा प्रवेश गरेको छ। वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई विश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE