काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना नेता–कार्यकर्ता र सदस्यहरूका लागि ४० बुँदे विस्तृत निर्देशन जारी गरेको छ। केन्द्रीय निर्वाचन परिचालन समितिको तर्फबाट जारी ‘निर्वाचन विशेष निर्देशन–२’ मा निर्वाचन सम्पन्न नभएसम्म पार्टी पंक्तिलाई पूर्ण सक्रिय, अनुशासित र संगठित ढंगले परिचालन हुन आह्वान गरिएको छ।
निर्देशनमा निर्वाचनलाई मुलुकको संक्रमणकालीन अवस्थाबाट निकास दिने अवसरका रूपमा व्याख्या गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याइएको छ।
सबै नेता–कार्यकर्ता अनिवार्य रूपमा क्षेत्रमा
निर्देशनअनुसार सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूलाई मतदान सम्पन्न नभएसम्म आफ्नै निर्वाचन क्षेत्रमा खटिन भनिएको छ। पार्टी, जनवर्गीय संगठन र मोर्चाका सदस्यहरूलाई अनिवार्य मतदान गराउने तथा समर्थक–शुभेच्छुकलाई पनि सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिइएको छ।
मौन अवधि सुरु नहुँदासम्म घरदैलो र प्रचार अभियान तीव्र पार्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र चुनाव चिन्ह ‘तारा’मा मत हाल्ने विषयमा स्पष्ट जानकारी दिन जोड दिइएको छ।
कानुनी र प्राविधिक तयारीमा जोड
मतदानका दिन आवश्यक परिचयपत्र, सवारी पास, मतपत्रको ढाँचा, मतपेटिकाको अवस्था जाँचजाँच गर्ने, प्रत्यक्ष र समानुपातिक मतपत्रबारे मतदातालाई जानकारी गराउने विषयमा स्पष्ट मार्गदर्शन गरिएको छ। मतदान केन्द्रमा प्रतिनिधि खटाउने, असक्त मतदातालाई सहयोग मिलाउने तथा कुनै अनियमितता भए तत्काल माथिल्लो तहमा जानकारी गराउने व्यवस्था गर्न भनिएको छ।
‘चेन अफ कमाण्ड’ कडाइका साथ
बुथ व्यवस्थापनदेखि मतगणनासम्म स्पष्ट कमाण्ड संरचना कायम गर्न निर्देशनमा विशेष जोड दिइएको छ। संयोजक–सहसंयोजकको जिम्मेवारी तोक्ने, प्रतिनिधि तथा स्वयंसेवकलाई तालिम दिने, मतपेटिका सिलबन्दी र ढुवानीका क्रममा प्रतिनिधि अनिवार्य रूपमा साथ रहने व्यवस्था मिलाउन भनिएको छ।
मतगणनाका क्रममा मुचुल्का, शीलछाप र बाकसको अवस्था सूक्ष्म रूपमा जाँच्न तथा समानुपातिक मतगणनामा पनि उत्तिकै सतर्क रहन आग्रह गरिएको छ। सबै गतिविधिको नियमित प्रतिवेदन केन्द्रीय निर्वाचन परिचालन समितिमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
तालमेलबारे प्रष्टिकरण
पार्टीले अन्य दलसँग व्यापक तालमेल भएको भन्ने हल्लालाई भ्रामक भन्दै खण्डन गरेको छ। १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार रहेको र बागलुङ क्षेत्र नम्बर १ को एउटा क्षेत्रमा मात्र समर्थन गरिएको स्पष्ट पारिएको छ।
शीर्ष नेतृत्वको हस्ताक्षर
२०८२ फागुन १४ गते जारी निर्देशनमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल को हस्ताक्षर रहेको छ।
निर्वाचनको अन्तिम चरणमा संगठनलाई उच्च सतर्कता, अनुशासन र एकतासाथ परिचालन गर्न निर्देशनले स्पष्ट सन्देश दिएको छ। नेकपाले फागुन २१ को निर्वाचनलाई निर्णायक राजनीतिक मोडबिन्दुका रूपमा चित्रण गर्दै अधिकतम सिट र समानुपातिक मत ल्याउने लक्ष्य सार्वजनिक गरेको छ।



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २२:११
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...
आषाढ़ १२ गते, २०८३ - २२:०९
काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...
आषाढ़ १२ गते, २०८३ - २१:५६
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो



प्रतिकृया लेख्नुहोस्: