Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

दुधदेखि सागसम्म मन्दविष: चाडपर्वको नाममा नागरिकलाई बिस्तारै मार्ने बजार

खबरडबली संवाददाता

दुध, तरकारीलगायत दैनिक उपभोग्य खाद्यवस्तुमा प्रयोग भइरहेका रसायन र विषादीको अवस्था अब “लापरबाही” को दायरामा अटाउने विषय रहेन। यो त खुला रूपमा भइरहेको मन्दहत्याको अभ्यास हो। स्वास्थ्यका लागि नभई नहुने खानेकुराकै नाममा नेपाली नागरिक दिनहुँ बिस्तारै विष सेवन गर्न बाध्य छन् । राज्य हेरेर बसेको छ, बजार नाफामा रमाएको छ।

चाडपर्व भनेपछि हुरुक्कै हुने हाम्रो स्वभाव नै हो। आर्थिक अवस्था बलियो हुनेले मन खोलेर खान्छन्, कमजोर हुनेले ऋण काढेर भए पनि मिठो–मसिनोको जोहो गर्छन् । तर पछिल्ला महिनाहरूमा सार्वजनिक भएका एकपछि अर्को घटनाले एउटा असहज प्रश्न हाम्रो अगाडि उभ्याइदिएको छ । यसरी खाइने ‘मिठो’ वास्तवमै खाना हो कि ढाकछोप गरिएको विष?

घर–घरमा बिहान भित्रिने दुधदेखि, दिउँसो होटल–रेस्टुरेन्टमा खाइने खाना, चाडबाडका मिठाई, घ्यू, आँटा, पफ–क्रोइसन्ट, मसला, सस–भिनेगर, दाल र दैनिक सागसब्जीसम्म आइपुग्दा बजारको तस्वीर भयावह बन्दै गएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनले देखाएको यथार्थ स्पष्ट छ । मिसावट, म्याद उल्लंघन, रासायनिक जोखिम र स्वच्छतामा चरम लापरबाही।

यी छुट्टाछुट्टै घटना होइनन्। यी सबै मिलेर एउटै निष्कर्षतर्फ इङ्गित गर्छन् । नेपाली बजारमा उपभोक्ताको स्वास्थ्यको मूल्य शून्य छ, नाफा नै अन्तिम सत्य हो। ‘उपभोक्ता बाँचोस् कि मरोस्, व्यापार चल्नुपर्‍यो’ भन्ने सोचले बजारलाई कब्जा गरिसकेको छ।

दुधमा रसायन: बालबालिका र बिरामीको थालमै विष

हाम्रो दिनचर्या दुधबाट सुरु हुन्छ। बालबालिका, बिरामी र वृद्धवृद्धाले अनिवार्य सेवन गर्ने दुधमै रसायन मिसिएको भेटिनु सामान्य घटना होइन यो चेतावनी हो। असोज १२ गते भक्तपुरको एक डेरीमा प्रशोधित दुधमै न्यूट्रलाइजर (सोडियम हाइड्रोक्साइड) भेटिनु नियमन प्रणालीमाथिको तमाचा हो।

एक हजार ७०० लिटर दुध नष्ट गरियो, तर मूल प्रश्न अनुत्तरित छ । यस्तै दुध कति दिनदेखि बजारमा गइरहेको थियो ? कति बालबालिकाले पिइसके ? कति बिरामीको शरीरमा पुगिसकेको थियो ?

दुध बिग्रिएको लुकाउन प्रयोग गरिने यस्तो रसायनले पाचन प्रणाली, कलेजो र मिर्गौलामा दीर्घकालीन क्षति पुर्‍याउन सक्छ। दैनिक उपभोग्य वस्तुमा यस्तो खेलवाड हुनु भनेको नियमन असफल हुनु मात्र होइन, राज्यको जिम्मेवारीबाट पन्छिनु हो।

होटल–रेस्टुरेन्ट: स्वादको नाममा रोगको कारखाना

काठमाडौंका व्यस्त क्षेत्रका होटल–रेस्टुरेन्टका भान्सा अब ‘खानाको ठाउँ’ कम, रोग उत्पादन गर्ने कारखाना बढी देखिन थालेका छन्। फोहोर भान्सा, म्याद गुज्रिएका सामग्री, किट नियन्त्रणको अभाव र बारम्बार तताइएको तेल यी कुनै अपवाद होइनन्, सामान्य अभ्यास बन्दै गएका छन्।

तेलको टीपीएम ३५ भेटिनु भनेको प्लेटमा परोक्ष रूपमा क्यान्सरको जोखिम पस्किनु हो। बाहिर चम्किलो प्लेटभित्र लुकेको खतरा उपभोक्ताले देख्दैन, तर शरीरले भोग्छ।

अनलाइन बजार: घर–घरमा जोखिमको डेलिभरी

अनलाइन बजारले सुविधा मात्र होइन, अदृश्य जोखिम पनि घर–घरमा पुर्‍याइरहेको छ। अनुमति नलिई खाद्य तथा आहारपूरक बिक्री भएको घटनाले नियमन कति कमजोर छ भन्ने देखायो। ‘हामी प्लेटफर्म मात्रै हौँ’ भन्ने बहाना नागरिकको स्वास्थ्य बिग्रँदा काम लाग्दैन।

चाडबाडका मिठाई: खुसीको आवरणमा मिसावट

खुवा, बर्फी र मिठाई चाडबाडको अनिवार्य हिस्सा। तर तिनमै स्टार्च मिसावट भेटिनु भनेको खुसीमाथि विषको लेपन हो। मिठो देखिने बर्फीभित्र लुकेको जोखिमले मधुमेह, पाचन समस्या र दीर्घकालीन रोग निम्त्याउन सक्छ।

अस्पतालको क्यान्टिन: उपचारस्थलमै असुरक्षा

अझ विडम्बनापूर्ण कुरा त के छ भने, उपचारको आशामा जाने अस्पतालमै स्वच्छताको बिजोग छ। बिरामी र उनका आफन्तले खाने खानामै जोखिम हुनु सार्वजनिक स्वास्थ्यप्रतिको क्रूर मजाक हो। त्यो पनि सरकारी अस्पतालमा।

घ्यू, आँटा, मसला, दाल र साग: भान्सा–भान्सामा भय

घ्यूमा नक्कली लेबल, आँटामा म्याद उल्लंघन, मसला र सस अनुमतिबिना उत्पादन, मुङ दालमा रंग, सागसब्जीमा ९९ प्रतिशतभन्दा बढी विषादी यी सबैले एउटै कुरा भन्छन् । हामीले खाइरहेका अधिकांश खाद्यवस्तु सुरक्षित छैनन्।

बिरामीलाई ‘हलुका’ भनेर खुवाइने दालमै रंग मिसिएको छ। स्वास्थ्यका लागि अनिवार्य भनिने हरियो साग नै विषादीले भरिएको छ। यस्तो अवस्थामा उपभोक्ता के खाओस्? के नखाओस्?

यो लापरबाही कि संगठित अपराध ?

यी घटनाहरू कुनै संयोग होइनन्। यो नियमन कमजोर भएको परिणाम मात्र होइन, नियमनलाई जानाजान कमजोर राखिएको नीतिगत असफलता हो । दुधदेखि सागसम्मको यो मन्दविषले क्यान्सर, मुटुरोग, मधुमेह, कलेजो र मिर्गौलाका रोग बढाइरहेको छ। उपचार खर्चले परिवार कंगाल बन्दै छन्, राष्ट्रको स्वास्थ्य प्रणाली थलिँदै छ।

अब पनि ‘चेतावनी’, ‘स्पष्टीकरण’ र ‘सानोतिनो जरिवाना’मै सीमित हुने हो भने राज्य स्वयं यस अपराधको साझेदार ठहरिन्छ। खाद्य असुरक्षा सार्वजनिक स्वास्थ्य अपराध हो । यसलाई त्यही हैसियतमा व्यवहार गर्नैपर्छ।

मिसावट र म्याद उल्लंघन गर्ने उद्योग बन्द, लाइसेन्स खारेजी, ठूला जरिवाना र आपराधिक अभियोजन, अनुगमनलाई नियमित, आकस्मिक र पारदर्शी बनाउने व्यवस्था गर्न आवश्यक छ ।

सीमित स्रोतका बीच पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देखाएको सक्रियता सकारात्मक छ। तर यो पर्याप्त छैन। उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने जो–कोहीमाथि निर्दय कारबाही नगरेसम्म बजार सुध्रिँदैन।

अब प्रश्न स्पष्ट छ चाडपर्वको मिठास र दैनिक खानपानको नाममा हामी कहिलेसम्म बिस्तारै विष खाइरहने? यो प्रश्नको उत्तर नीतिले दिनुपर्छ, राज्यले दिनुपर्छ । नत्र इतिहासले यो मौनतालाई अपराधकै सूचीमा राख्नेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रसुवाको उत्...

टुँडिखेलको ब्यान्डमा राजनीति: अमेरिकी प्रस्तुति किन बन्यो विवाद ?

काठमाडौं । २६३औँ नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विदेशी सैन्य ब्यान्डले प्रस्तुति दिएपछि राजनीतिक तरङ्ग देखिएको छ। विशेषगरी अमेरिकी से...

कटानीको मुखमै विपत्ति: सिरहामा ३० बिघा उखु जलेर खरानी, किसानलाई करोडौं क्षति

सिरहा । मेहनतको पसिना फल दिने बेला सिरहाका किसानमाथि विपत्ति आइपरेको छ। लहान नगरपालिका–१३ घलेटोलमा काट्नै लागिएको करिब ३० बिघा उखु सोमबार दिउँसो आगलाग...

जेनजी प्रदर्शनका क्रममा घाइते २०० जनाको वर्गीकरण

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले हालसम्म...

बालीनाली जोगाउन सरकारको नयाँ निर्णय: बाँदर ‘हानिकारक’ घोषणा, किसानलाई कानुनी छुट

काठमाडौं । लगातार बालीनाली नष्ट गर्दै आएका जंगली रातो बाँदर नियन्त्रणका लागि सरकारले विशेष कदम चालेको छ। वन तथा वातावरण मन्त्रालय ले राजपत्रमा सूचना प...

निर्वाचन तयारीमै विवाद: झापामा मतदान अधिकृत खटाइमा विभेदको आरोप

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी चलिरहँदा झापामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइ प्रक्रियामै विवाद उत्पन्न भएको छ। कर्मचारी तहबाटै विभ...

विद्रोहको उद्गम थलो अझै अँध्यारोमा: जुनीचाँदेमा ७८% गरिबी, विकासको सपना अधुरै

जाजरकोट। परिवर्तन र समताको नारासहित सुरु भएको सशस्त्र ‘जनयुद्ध’ को आधारभूमि मानिने जुनीचाँदे गाउँपालिका आज देशकै सबैभन्दा गरिब स्थानीय तहको सूचीमा परे...

निर्वाचनलाई पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए...

सङ्खुवासभामा आगलागी हुँदा एक घर ध्वस्त

सङ्खुवासभा  । सङ्खुवासभाकोे पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।  आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर...

ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु

सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE