बुटवल। रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार विश्वदीप पाण्डे ‘सुवास’ले बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। शुक्रबार सयौं नेता–कार्यकर्तासहित विभिन्न टोलमा पुगेर उनले परिवर्तनको अभियानमा मतदाताको साथ–सहयोग आवश्यक रहेको बताएका छन्।
मोटरसाइकल र्यालीसहित चोक–चोकमा पुग्दै मतदातासँग भेटघाट गरेका पाण्डेले सुशासन, विकास र समृद्धिका लागि नयाँ सोचसहितको नेतृत्व आवश्यक रहेको उल्लेख गरे।
“घरदैलो अभियान अन्तिम चरणमा पुगे पनि तपाईंहरूको दुःख–सुखमा साथ रहने हाम्रो प्रतिबद्धता भने अब सुरु हुँदैछ,” उनले भने, “यसपटक तारा चुनाव चिन्हमा मतदान गर्नुहोस्, हामी सदनबाट तपाईंका आवाज, समस्या र अपेक्षासँग प्रत्यक्ष जोडिनेछौं।”
नेकपाका नेता–कार्यकर्ताले शुक्रबार वडा नम्बर ३, ४, ५ र ६ का विभिन्न टोल तथा बस्तीमा पुगेर मत मागेका छन्। उम्मेदवार प्रत्यक्ष पुग्न नसकेका स्थानमा स्थानीय कार्यकर्ताले घर–घरमा पुगेर चुनावी एजेन्डा प्रस्तुत गरेका छन्।
निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार झण्डा, माइक, ब्यानरसहित मतदातामाझ पुगेर प्रतिबद्धतापत्र वितरण गर्ने क्रम जारी छ। “उम्मेदवारसहितको घरदैलो आचारसंहिताले तोकेको समयसीमासम्म निरन्तर चल्नेछ,” उनले बताए।
पछिल्लो समय मतदाताबाट सकारात्मक प्रतिक्रिया र सहयोगको प्रतिबद्धता प्राप्त भइरहेको दाबी गर्दै समितिले शनिबार वडा नम्बर १२ र १३ मा बृहत् र्याली तथा घरदैलो कार्यक्रम तय गरिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०८२ - २०:२५
परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक: उम्मेदवार पाण्डे
फाल्गुन १५ गते, २०८२ - २०:०२
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क...
फाल्गुन १५ गते, २०८२ - १९:३३
ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादे...
फाल्गुन १५ गते, २०८२ - १९:१४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बनेको छ। नेपाली कांग्रेस, ...
फाल्गुन १५ गते, २०८२ - १९:१२
महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका...
फाल्गुन १५ गते, २०८२ - १९:०२
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू देशभर मतदातामाझ सक्रिय छन्। रोजगारी, सुशासन, शिक्षा र स्वास्थ्यजस्ता...
फाल्गुन १५ गते, २०८२ - १८:५९
जनकपुरधाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस र मधेसी जनताको राजनीतिक अधिकार, सामाजिक सम्मान र आर्थिक समृद्धिलाई आफ्नो मूल प्राथमिकतामा राख्दै आए...
फाल्गुन १५ गते, २०८२ - १८:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक असहज अवस्थाबाट निकासका लागि निर्वाचन ...
फाल्गुन १५ गते, २०८२ - १८:४३
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना नेता–कार्यकर्ता र सदस्यहरूका ...
फाल्गुन १५ गते, २०८२ - १८:३७
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देश चुनावी माहोलमा प्रवेश गरेको छ। वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई विश...



प्रतिकृया लेख्नुहोस्: