ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादेखि बीच सडकमा जलेको अवस्थामै रहेको बसका कारण दैनिक हजारौं यात्रु र सवारी साधन प्रभावित भइरहेका छन्।
स्थानीयका अनुसार ‘जेनजी आन्दोलन’का क्रममा आगो लगाइएको उक्त बस पूर्ण रूपमा जलेर प्रयोगविहीन बनेको छ। बसको ढांचा मात्रै बाँकी रहेको छ भने वरपरका सिसा फुटेका र संरचना जलेर कालो परेको अवस्थामा छ। तर यति लामो समय बितिसक्दा पनि सम्बन्धित निकायले हटाउने पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
व्यस्त सडकखण्डमा बस अलपत्र रहँदा सवारी साधन आवतजावतमा कठिनाइ हुने गरेको छ। विशेषगरी साँघुरो सडकमा ठूला सवारी साधन पास गर्न समस्या हुने र पैदलयात्रु जोखिम मोलेर हिँड्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।
दैनिक सो मार्ग हुँदै विद्यालय जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी तथा सार्वजनिक सवारी प्रयोग गर्ने यात्रु प्रभावित भएका छन्। रातिको समयमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिम समेत बढेको स्थानीयको भनाइ छ।
ट्राफिक प्रहरी वा नगरप्रहरीले अहिलेसम्म बस हटाउने ठोस कदम नचालेको भन्दै स्थानीयले तत्काल व्यवस्थापन गर्न माग गरेका छन्।
सडक सुरक्षा र सार्वजनिक आवागमनलाई सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०८२ - २०:२५
परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक: उम्मेदवार पाण्डे
फाल्गुन १५ गते, २०८२ - २०:०२
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क...
फाल्गुन १५ गते, २०८२ - १९:३३
ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादे...
फाल्गुन १५ गते, २०८२ - १९:१४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बनेको छ। नेपाली कांग्रेस, ...
फाल्गुन १५ गते, २०८२ - १९:१२
महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका...
फाल्गुन १५ गते, २०८२ - १९:०२
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू देशभर मतदातामाझ सक्रिय छन्। रोजगारी, सुशासन, शिक्षा र स्वास्थ्यजस्ता...
फाल्गुन १५ गते, २०८२ - १८:५९
जनकपुरधाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस र मधेसी जनताको राजनीतिक अधिकार, सामाजिक सम्मान र आर्थिक समृद्धिलाई आफ्नो मूल प्राथमिकतामा राख्दै आए...
फाल्गुन १५ गते, २०८२ - १८:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक असहज अवस्थाबाट निकासका लागि निर्वाचन ...
फाल्गुन १५ गते, २०८२ - १८:४३
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना नेता–कार्यकर्ता र सदस्यहरूका ...
फाल्गुन १५ गते, २०८२ - १८:३७
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देश चुनावी माहोलमा प्रवेश गरेको छ। वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई विश...



प्रतिकृया लेख्नुहोस्: