बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसिनाले कडा प्रतिक्रिया दिएकी छिन् । उनले अवामी लिगबिनाको चुनावलाई वास्तविक निर्वाचन नभई ‘राज्याभिषेक’ को संज्ञा दिएकी हुन्।
विद्यार्थी नेतृत्वको विद्रोहपछि करिब एक वर्षअघि सरकारबाट अपदस्थ भएकी हसिनाले भनिन्, “अवामी लिगबिनाको चुनाव चुनाव नै हुँदैन, त्यो राज्याभिषेक हो । अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले जनताको मतविना शासन गरिरहनुभएको छ र लोकप्रिय जनादेशबाट नौ पटक निर्वाचित पार्टीलाई प्रतिबन्ध लगाउने प्रयास भइरहेको छ ।”
उनले ऐतिहासिक उदाहरण उल्लेख गर्दै बङ्गलादेशी जनताले आफ्नो मनपर्ने दललाई मतदान गर्न नपाए मतदान नै नगर्ने प्रवृत्ति रहेको बताइन् । “यदि यो प्रतिबन्ध कायम रह्यो भने लाखौँ नागरिक प्रभावकारी रूपमा मताधिकारबाट वञ्चित हुनेछन् । यस्तो प्रक्रियाबाट बनेको सरकारसँग शासन गर्ने नैतिक अधिकार हुँदैन”, हसिनाको भनाइ छ । उनले राष्ट्रिय मेलमिलापको खाँचो रहेका बेला यस्तो कदम गम्भीर अवसर चुकाउनु सरह हुने उल्लेख गरिन् ।
देशमा राजनीतिक तनाव चर्कँदै जाँदा फेब्रुअरी २०२६ को चुनावको तयारी भइरहेका बेला हिंसात्मक प्रदर्शन र अल्पसङ्ख्यक, विशेष गरी हिन्दू समुदायमाथि आक्रमणका खबरहरू बढिरहेका छन् । इन्किलाब मोन्चोका नेता उस्मान हादीको मृत्युपछि भएको हिंसाप्रति सङ्केत गर्दै हसिनाले सम्पूर्ण जिम्मेवारी अन्तरिम सरकारमाथि थोपारेका छन् ।
“उस्मान हादीको हत्या वर्तमान प्रशासनअन्तर्गत बढ्दो अराजकताको प्रतीक हो”, उनले भनिन्, “हिंसा सामान्य बनेको छ र सरकारले या त यसलाई अस्वीकार गर्छ वा नियन्त्रण गर्न असफल भएको छ । यसले देशलाई मात्र होइन, छिमेकीहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय विश्वसनीयतालाई पनि कमजोर बनाएको छ ।”
सन् २०२४ अगस्टमा शेख हसिनालाई अपदस्थ गर्ने आन्दोलनपछि यो पहिलो राष्ट्रिय निर्वाचन हुन लागेको हो । त्यसयता नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम प्रशासनले देश चलाउँदै आएको छ । निर्वाचनकै दिन ‘जुलाई चार्टर’ सम्बन्धी राष्ट्रिय जनमतसङ्ग्रह पनि हुने छ, जसले कार्यकारी शक्तिमा नियन्त्रण र न्यायिक स्वतन्त्रता सुदृढ गर्ने प्रस्ताव गरेको छ ।
तीन सय वटै संसदीय सिटका लागि एकै चरणमा मतदान हुने यस चुनावमा मुख्य प्रतिस्पर्धा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र जमात–ए–इस्लामीबीच हुने अपेक्षा गरिएको छ । विद्यार्थी आन्दोलनबाट उदय भएको नेसनल सिटिजन्स पार्टी (एनसिपी) पनि चुनावी मैदानमा उत्रने सम्भावना रहेको जनाइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...
पौष ७ गते, २०८२ - १७:४१
मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...




प्रतिकृया लेख्नुहोस्: