Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

संसदमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रश्नहरूको जवाफ दिने भएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।

रक्षा मन्त्रालय प्रधानमन्त्री बालेनले सम्हालिरहेका कारण उक्त मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ पनि उनी आफैंले दिनुपर्ने थियो। तर, सो जिम्मेवारी पनि अब अर्थमन्त्री वाग्लेलाई दिइएको छ ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसम्बन्धी बजेट शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले दिने भएका छन् ।

अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ पनि आजै दिने कार्यसूची रहेको छ ।

यसअघि पनि प्रधानमन्त्रीको तर्फबाट सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा अर्थमन्त्री वाग्लेले नै सहभागिता जनाएका थिए र प्रश्नहरूको जवाफ दिएका थिए ।

बजेटमाथिको छलफलमा पनि प्रधानमन्त्रीले आफ्नो तर्फको जवाफ दिने जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई नै दिएका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको हो : भौतिकमन्त्री लम्साल

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्षको पूर्वाधार बजेट तीन वर्षे योजनाअनुसार विनियोजन गरिएको बताएका छन् । संसद्मा बजेटमाथि...

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार, विद्यालय पुनर्संरचना पनि अघि बढाइने

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोज...

ई–पासपोर्ट खरिद प्रकरण: आरजु राणालाई बयानका लागि अख्तियारको बोलावट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोला...

संसदमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रश्नहरूको जवाफ दिने भएका छन् । आगामी आ...

चिया उद्योग संकटमा, भारतसँग तत्काल वार्ताको पहल गर्न नारायणकाजी श्रेष्ठको आग्रह

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ले नेपालको चिया उद्योग बन्द हुने अवस्था सिर्जना भएको भन्दै संकट समाधानक...

नवप्रवर्तन मन्त्रालयलाई चार अर्ब बजेट, अधिकांश रकम कार्यक्रमविहीन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयलाई करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन गरि...

मनसुन विपद् व्यवस्थापनमा प्रविधि र द्रुत उद्धारमा जोड : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा ‘मन्त्रीको निरीक्षणभन्दा जनताको सुरक्षा’लाई प्राथमिकतामा राखिएको बताएका छन्।...

इन्धनको मूल्य घटाउन सांसद ताहिर अली भाटको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेको छन् । ...

प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न सांसद मल्लको आग्रह

काठमाडौँ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र साहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सर...

संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालय बोलाएर धम्क्याउने काम भयो: कांग्रेस

काठमाडौं । विपक्षी दलका सांसदहरूले आज पनि बालेन शाहको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै संवैधानिक पदाधिका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending