Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

नवप्रवर्तन मन्त्रालयलाई चार अर्ब बजेट, अधिकांश रकम कार्यक्रमविहीन

खबरडबली संवाददाता

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयलाई करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन्। उनले उक्त बजेटमध्ये करिब साढे तीन अर्ब रुपैयाँ ‘अबन्डा’ अर्थात् कार्यक्रम नतोकी छुट्याइएको बताए।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री पुनले मन्त्रालय नयाँ भएकाले विस्तृत कार्यक्रमहरू अझै तय भइनसकेको बताए। उनका अनुसार हालसम्म सञ्चालनमा रहेका साना कार्यक्रमहरूका लागि मात्र ५० देखि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ।

उनले भने, “नयाँ मन्त्रालय भएकाले नयाँ कार्यक्रम बनाउनुपर्ने अवस्था छ। पहिलेदेखि सञ्चालनमा रहेका सानातिना कार्यक्रमका लागि सीमित बजेट छुट्याइएको छ भने बाँकी रकम नयाँ कार्यक्रम तय भएपछि उपयोग गरिनेछ।”

मन्त्री पुनले विज्ञान तथा प्रविधिसम्बन्धी मन्त्रालय २०५३ सालमै स्थापना भए पनि त्यसयता विभिन्न मन्त्रालयसँग गाभिने र छुट्टिने क्रम चल्दै आएको स्मरण गरे। अहिले भने यसलाई छुट्टै मन्त्रालयका रूपमा पुन: स्थापना गरिएको उनले बताए।

विगतमा मन्त्रालय गठन भए पनि यसको प्रभावकारी व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै उनले राजनीतिक भागबण्डा मिलाउन मन्त्रालय र कर्मचारी व्यवस्थापन गरिने प्रवृत्ति रहेको बताए। अब भने छुट्टै मन्त्रालय बनेकाले विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा परिणाममुखी ढंगले काम गर्नुपर्ने दायित्व रहेको उनको भनाइ छ।

मन्त्री पुनले नयाँ संरचनाअनुसार मन्त्रालयलाई सशक्त बनाउँदै अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने संकेत पनि गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाजामा तत्काल, निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड

न्युयोर्क । साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिदै यस्तो सम्वेदनशिल विषयलाई सामूहिक सजायको मा...

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार चार हजार २१० प्रतिनिध...

रसुवा भन्सार प्रकरणमा १३ कर्मचारी निलम्बित, विभागीय कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं। रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता भएको निष्कर्षसहितको अनुगमन प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय...

रास्वपाको केन्द्रीय समिति बैठक एक घण्टा सर्याे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब २ बजे बस्ने भएको म...

रास्वपाको महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली सहभागी हुने

काठमाडौं। नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। चितवनमा ...

रास्वपाको महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी हुने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भ...

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् नि:शुल्क

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending