काठमाडौँ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र साहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सरकारको आलोचना गरेको छन्।
बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मल्लले प्रधानमन्त्रीले राष्ट्रियता र भौगोलिक अखण्डताका विषयमा दिएको अभिव्यक्ति सच्याउँदै संसद्मा माफी माग्नुपर्ने माग गरे।
सांसद मल्लले विगत तीन हप्तादेखि प्रतिपक्ष निरन्तर सङ्घर्षमा रहेको उल्लेख गर्दै बहुमतको बलमा प्रतिनिधि सभाको नियमावली पारित गरिएको भन्दै आपत्ति जनाए ।
संविधानको मर्मविपरीत नियमावलीका दफाहरू ल्याइएको र त्यसमा संवादको वातावरण नबनाइएको उनको आरोप थियो । प्रधानमन्त्रीले संसद्को रोस्टमबाट व्यक्त गरेका कतिपय शब्दहरू राष्ट्रियता र भौगोलिक अखण्डताको प्रतिकूल रहेको दाबी गरे।
सांसद मल्लले सरकारको कार्यशैली र भाषाप्रति पनि कडा प्रश्न उठाए। सरकारले नागरिक, विपक्षी र भुइँमान्छेहरूसँग प्रयोग गर्ने भाषा प्रतिशोधपूर्ण र अमर्यादित बन्दै गएको उनको भनाइ थियो।
सरकारी संयन्त्र र कर्मचारीबाट सर्वसाधारणमाथि भइरहेको व्यवहारले लोकतन्त्र र संवैधानिक व्यवस्था नै जोखिममा पर्नसक्ने भन्दै उहाँले चिन्ता व्यक्त गरे।
सांसद मल्लले प्रधानमन्त्री कार्यालयबाट शक्ति र सत्ताको दुरुपयोग भइरहेको गम्भीर आरोप लगाए। संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर कसैलाई थुनछेक वा कारबाही गर्न दबाब दिने गरिएको चर्चाप्रति ध्यानाकर्षण गराए।
सांसद मल्लले प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरीको रूपमा नलिन सरकारलाई चेतावनी दिँदै जनमतको कदर गर्न आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - १३:२९
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रश्नहरूको जवाफ दिने भएका छन् । आगामी आ...
आषाढ़ ४ गते, २०८३ - १३:०८
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ले नेपालको चिया उद्योग बन्द हुने अवस्था सिर्जना भएको भन्दै संकट समाधानक...
आषाढ़ ४ गते, २०८३ - १२:५८
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयलाई करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन गरि...
आषाढ़ ४ गते, २०८३ - १२:४७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा ‘मन्त्रीको निरीक्षणभन्दा जनताको सुरक्षा’लाई प्राथमिकतामा राखिएको बताएका छन्।...
आषाढ़ ४ गते, २०८३ - १२:२१
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेको छन् । ...
आषाढ़ ४ गते, २०८३ - १२:१२
काठमाडौँ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र साहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सर...
आषाढ़ ४ गते, २०८३ - ११:५७
काठमाडौं । विपक्षी दलका सांसदहरूले आज पनि बालेन शाहको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै संवैधानिक पदाधिका...
आषाढ़ ४ गते, २०८३ - ११:४७
इनरुवा । सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प...
आषाढ़ ४ गते, २०८३ - ११:४०
कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुडरुङ खोलामा नुहाउन गएकी ८० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा बुद्धभूमि न...
आषाढ़ ४ गते, २०८३ - ११:२९
काठमाडौं । राप्रपाका पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारी ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लाई पार्टी कार्यालय रहेको आफ्नो घर ३५ दिनभित्र खाली गर्न अ...



प्रतिकृया लेख्नुहोस्: