Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

मुस्ताङमा आहारा प्रजाति बन्यजन्तुको गरिदैछ सर्वेक्षण

खबरडबली संवाददाता

मुस्ताङ। मुस्ताङमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षण सुरू गरिएको छ । पछिल्लो बर्षमा शिकारी प्रजातिका बन्यजन्तुले बस्तीमा छिरेर घरपालुवा जनावरमा क्षति पुर्‍याउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जिल्लाको पाँचवटै स्थानीय तहमा स्थलगत अध्ययन सुरू गरेको हो । 

विश्वकै दुर्लभ हिउँचितुवाको संरक्षणका लागि क्यामेरा जडान गरी सर्वेक्षण गरिरहेको एक्यापले स्थानीय समुदायसँगको सहकार्यमा ‘मानव–वन्यजन्तु सहअस्तित्व’ कार्यक्रमअन्तर्गत बासस्थानमै पुगेर सर्वेक्षण भइरहेको एक्याप इलाका कार्यालय लोमन्थाङका प्रमुख उमेश पौडेलले बताए। 

प्रमुख पौडेलले भने, ‘‘आहारा प्रजातिको संख्या र अवस्था हेर्न सर्वेक्षणमा जुटेका छौं, सर्वेक्षणको क्रममा विभिन्न विधिको प्रयोग गरिएको छ ।’’ सर्वेक्षणमा एक्यापका कर्मचारी, स्थानीय संरक्षण ब्यवस्थापन समिति, गोठालाको समेत प्रयोग गरिएको पौडेलको भनाइ छ । 

आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षणका लागि प्राकृतिक सिमाका आधारमा इलाका कार्यालय लोमन्थाङ अन्तर्गत लोमान्थाङ, सुर्खाङ, छुसाङ ब्लक रहेको छ भने इलाका कार्यालय जोमसोम अन्तर्गत जोमसोम र साङ्ता क्षेत्र तोकिएको छ । सर्वेक्षणको क्रममा मांसाहारी अर्थात सिकारी प्र्रजातिका जनावरलाई पर्याप्त आहाराको अवस्था, आहारा प्रजातिको मुख्य बासस्थान अर्थात ‘कोर एरिया’ आसपासमा हुने गरेका मानवीय कमजोरीलाई समेत न्यूनीकरणमा सघाउने एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताए।

सर्वेक्षणमा चरन क्षेत्रमा देखिएको समस्या समाधानसहितको थप कार्ययोजना समेत तयार गरिने बताइएको छ । एक्पापले बर्षेनी बन्यजन्तुले पुर्‍याएको हानी नोक्सानीबापत स्थानीयलाई क्षर्तिपूर्ति दिने गरेको छ । एक्यापले जिल्लाभर एक सयभन्दा बढी क्यामेरा जडान गरी हिउँ चितुवाको ट्राभल हिस्ट्र«ीसहितको विवरणहरू संकलन गर्ने गरेको छ । 

हिउँ चितुवाले नाउर, फ्याउ मुसा, हिमाली खरायो लगायतका बन्यजन्तुको सिकार गर्छ । लजालु स्वाभाव हिउँचितुवाको अग्लो उचाइँमा मुख्य बासस्थान मानिने भएकाले सर्वेक्षण टोली समुद्री सतहको ३५ सय मिटरदेखि ५७ सय मिटरसम्मको उचाइँमा पुग्ने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाल्हीनन्दन गाउँपालिकाले ल्यायो ५१ करोड १२ लाखको बजेट

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५१ करोड १२ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। ...

मुस्ताङमा आहारा प्रजाति बन्यजन्तुको गरिदैछ सर्वेक्षण

मुस्ताङ। मुस्ताङमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षण सुरू गरिएको छ । पछिल्लो बर्षमा शिकारी प्रजातिका...

दुर्घटनामा घाइते तनहुँका एक युवकको मृत्यु

तनहुँ। दुर्घटनामा घाइते भएका तनहुँका एक युवकको मृत्यु भएको छ । व्यास नगरपालिका वडा ४ निवासी अरुण न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending