Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

खबरडबली संवाददाता

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । आयोगलाई घटनाका सबै पाटा समेटेर निष्पक्ष र तथ्यपरक अनुसन्धान सम्पन्न गर्न थप समय आवश्यक परेपछि म्याद थप गरिएको सरकारको भनाइ छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकाल विस्तार गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आयोगको म्याद थप गर्ने निर्णय औपचारिक रूपमा सार्वजनिक गर्दै आयोगले हालसम्म संकलन गरेका प्रमाण, बयान तथा विवरणको गहिरो अध्ययन गरी अन्तिम प्रतिवेदन तयार पार्न थप समय दिइएको जानकारी दिए ।

सरकारका अनुसार जेनजी आन्दोलनका क्रममा भएका प्रदर्शन, त्यसपछिका सुरक्षात्मक कदम, भएका क्षति, मानवअधिकारसम्बन्धी विषय तथा घटनामा राज्य संयन्त्रको भूमिकासमेत समेटेर अध्ययन भइरहेको छ । आयोगले सरोकारवाला पक्षसँग छलफल, प्रत्यक्षदर्शीको बयान संकलन र कागजात अध्ययनको काम तीव्र रूपमा अघि बढाइरहेकाले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन समय थप गरिएको बताइएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ मा संशोधन गर्न पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता खरेलका अनुसार २०७८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदनका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु तथा मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशतअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको अनुसूची–१ संशोधन गर्न लागिएको हो ।

यस निर्णयलाई समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने दिशामा गरिएको नीतिगत सुधारका रूपमा सरकारले व्याख्या गरेको छ । जनगणनाबाट अद्यावधिक भएका तथ्यांकलाई कानुनी व्यवस्थासँग समायोजन गरी प्रतिनिधित्वको सन्तुलन कायम गर्न संशोधन आवश्यक भएको सरकारको तर्क छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले सुधार गृह व्यवस्थापनसँग सम्बन्धित अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ । विभिन्न बालसुधार गृहमा रहेका र कानुनी अवधि बाँकी रहे पनि १८ वर्ष उमेर पूरा भइसकेका व्यक्तिहरूलाई राख्न नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको हाल खाली रहेको ब्लकलाई बालसुधार गृहका रूपमा सञ्चालन गर्न स्वीकृति दिइएको छ । यसबाट बालसुधार गृहको व्यवस्थापन थप व्यवस्थित हुने तथा सुधार गृहमा देखिँदै आएको भीडभाडको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending