Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन गरिने

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक हुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालबहाक सवारी टिपर सञ्चालनमा नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले टिपरको ओभरलोड लगायतका विषयमा नियमन गर्ने चार बुँदे निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको नदीजन्य पदार्थ ढुवानी तथा ट्राफिक व्यवस्थापनमासम्बन्धी सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहभित्र सञ्चालित नदीजन्य पदार्थ खानी तथा क्रसर उद्योग एवं हाल सञ्चालित आयोजनाका लागि निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) लोड गर्दा ओभरलोड गरेको र सिधैँ खोलाबाट पानी सहितको निर्माण सामग्री लोड गरी पक्की सडकमा पानी चुहाउँदै गुडेका कारणले सडक, सुरक्षा, ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएकाले अब उप्रान्त खानी सञ्चालक र टिपर व्यवसायीबाट ओभरलोड नगरी पानीसहितको निर्माण सामग्री ढुवानी नगर्ने/नगराउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै निर्माण सामग्री ओसारपसार गर्ने सवारी पासअनुमति लिएका केही टिपरले पासको दुरुपयोग गरी सम्बन्धित आयोजना/योजनामा निर्माण सामग्री नलगी अन्यत्रसमेत लैजाने गरेका पाइएकाले सम्बन्धित आयोजना/योजना प्रमुखले त्यस्तो दुरुपयोग नहुने व्यवस्था कडाइकासाथ मिलाउने निर्णयमा उल्लेख गरिएको छ ।

यसैगरी निर्णय कार्यान्वयनार्थ निर्माण सामग्री ढुवानी पास नलिएका टिपरका सम्बन्धमा टिपर व्यवसायी सङ्घमार्फत सम्बन्धित टिपर धनीलाई जानकारी गराउने र खानी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिद्वारा प्रभावकारी अनुगमन गर्ने/गराउने निर्णय भएको हो ।

बैठकमा आनी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख तथा सूर्यविनायक–साँगा, धुलिखेल–साँगा खण्ड निर्माण कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । चार बुँदे निर्णयमा निर्णयानुसारको व्यवस्था नगरेमा प्रचलीत कानुन बमोजिम कारबाहीसमेत हुने भनिएको छ ।

टिपरलाई तोकिएका आयोजना बाहेकका निर्माण सामग्री ढुवानीका लागि काभ्रेमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन अनुमति दिइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending