Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

जीवनशैली, विषादी र व्यवस्थापकीय कमजोरी मुख्य कारण बढ्दैछ नेपालमा क्यान्सर

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा क्यान्सरका बिरामीको संख्या बढ्दै गएको विषयले स्वास्थ्य विशेषज्ञहरू र आम जनतालाई चिन्तित बनाएको छ। रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झाको विश्लेषण अनुसार, केवल परीक्षण र अस्पताल सुविधा बढे भन्ने कारणले मात्र क्यान्सरको संख्या देखिएको होइन, रोग वास्तविक रूपमा बढ्दै गएको छ।

डा. झाको भनाइ अनुसार, पहिले जीवनशैली पूर्ण रूपमा प्राकृतिक र सक्रिय थियो। मान्छेहरू बिहान छिटो उठ्थे, खेतबारीमा काम गर्थे, प्राकृतिक घाम र हावामा रहन्थे। तर अहिले कृषिमा अत्यधिक रासायनिक मल, कीटनाशक र विषादीको प्रयोग, भौतिक गतिविधिमा कमी, मोटोपन, वायु प्रदूषण र अस्वस्थ जीवनशैलीले दीर्घरोगको जोखिम बढाएको छ।

“दीर्घ रोगहरू एकैचोटी सर्ने रोग होइनन्; वर्षौँसम्म शरीरमा विषाक्त पदार्थ जम्मा हुँदा उत्पन्न हुन्छन्,” उनले भने।

शहर मात्र होइन, गाउँ पनि जोखिममा

क्यान्सर केवल शहरमा मात्र देखिन्छ भन्ने धारणा गलत हो। विषादीयुक्त तरकारी र फसल उत्पादन शहर र गाउँ दुवैमा पुग्ने भएकाले दुवै स्थानमा जोखिम बराबर छ। ग्रामीण क्षेत्रमा ब्लड क्यान्सर र अन्य प्रकारका क्यान्सर बढेको डा. झासँगको अनुभव छ।

उपचारको पहुँच र क्षमता सीमित

नेपालमा क्यान्सरको उपचार सम्भव भए पनि दक्ष जनशक्ति कम, अत्याधुनिक उपकरण सीमित, र बहुविशेषतायुक्त टिमहरू शहरी क्षेत्रमा मात्र केन्द्रित छन्। अधिकांश बिरामी स्टेज ३–४ मा आउँदा उपचार जटिल बन्छ। सरकारी अस्पतालमा डायग्नोसिस महिनौँसम्म ढिला हुने, अनावश्यक परीक्षण बढ्ने कारणले बिरामीहरू उपचारका लागि भारत जाने प्रचलन बढेको छ।

निवारक कदम आवश्यक

डा. झा सरकारले रोकथाममा ध्यान दिनुपर्ने जोड दिन्छन् । उनका मुख्य सुझावहरू यसप्रकार छन्:

  • जैविक खेती प्रोत्साहन, विषादी नियन्त्रण, खाद्य गुणस्तर निगरानी।
  • सुर्तीजन्य पदार्थ र मदिरामा कडा नियमन।
  • गाउँ–शहरी क्षेत्र दुवैमा पार्क, हिडाइ ट्र्याक, खेल मैदान र शारीरिक व्यायामको पूर्वाधार।
  • स्वास्थ्य शिक्षा र स्कुलदेखि नै व्यायाम अनिवार्य।
  • गाउँ–केन्द्रीय अस्पतालसम्म बलियो रेफरल प्रणाली र डिजिटल प्लेटफर्म।
  • प्रारम्भिक स्क्रिनिङ क्याम्प र सचेतना कार्यक्रम।

खाना शुद्ध बनाउने, जीवनशैली सक्रिय बनाउने र वातावरण जोगाउने तीनै उपाय अपनाएमा ७०–८० प्रतिशत दीर्घ रोग कम गर्न सकिन्छ। रोकथाम व्यक्तिगत, सामाजिक र सरकारी तहको साझा जिम्मेवारी रहेकाे डा. झाको निष्कर्ष छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending