Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

संसद् रोकियो, प्रधानमन्त्री ‘मन्त्रालय कटौती’को बैठकमा

खबरडबली संवाददाता

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य उपस्थितिको माग गर्दै सदन अवरोध गरेपछि बुधबार संसद् प्रभावकारी रूपमा सञ्चालन हुन सकेन ।

प्रधानमन्त्री संसद्मा अनुपस्थित भएपछि विपक्षी सांसदहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाए । उनीहरूले नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखे ।

तर संसद् बैठक चलिरहेका बेला प्रधानमन्त्री बालेन भने सिंहदरबारमा मन्त्रिपरिषद् बैठक र मन्त्रालय पुनर्संरचना सम्बन्धी छलफलमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सरकारले संघीय मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि कुन–कुन मन्त्रालय एकआपसमा गाभ्ने भन्ने विषयमा विस्तृत मोडालिटी तयार पार्ने काम चलिरहेको थियो ।

“मन्त्रिपरिषद्ले मन्त्रालय संख्या घटाउने निर्णय गरिसकेको छ । अब कुन मन्त्रालय कहाँ समायोजन गर्ने भन्ने विषयमा प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ,” प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित संघीय सरकारमा २५ मन्त्रालय छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त संख्या घटाएर १८ मा झार्ने निर्णय गरेको छ । सरकारका अनुसार प्रशासनिक खर्च कटौती, निर्णय प्रक्रियालाई चुस्त बनाउने र मन्त्रालयबीचको दोहोरो जिम्मेवारी हटाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

यही कारण देखाउँदै प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसकेको दाबी सरकार पक्षको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम छलफलका लागि पेस गर्ने कार्यसूची थियो । प्रधानमन्त्री अनुपस्थित भएपछि अर्थमन्त्री Swarnim Wagle ले प्रस्ताव प्रस्तुत गर्न खोजेका थिए । तर विपक्षी दलहरूले अवरोध कायम राखेपछि छलफल अघि बढ्न सकेन ।

विपक्षी सांसदहरूले सभामुख डिपी  आर्याल समक्ष प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रूलिङ गर्न माग गरेका थिए । तर सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसद्मा बोलाउने अधिकार आफूलाई नभएको जवाफ दिएका थिए ।

संसद्मा लगातार नाराबाजी र अवरोध भएपछि बैठक दुई पटकसम्म स्थगित गरिएको थियो । सभामुखले दलहरूबीच संवादमार्फत सहमति खोज्ने प्रयास गरे पनि विपक्षीहरू “प्रधानमन्त्री उपस्थित नभएसम्म बैठक चल्न सक्दैन” भन्ने अडानमा देखिए ।

संसद् अवरुद्ध भइरहँदा बाहिर भने अर्को बहस सुरु भएको छ । प्रधानमन्त्रीको प्राथमिकता संसद् हो कि प्रशासनिक पुनर्संरचना ?

सरकार पक्षले मन्त्रालय संख्या घटाउने निर्णयलाई “संरचनात्मक सुधार” को रूपमा प्रस्तुत गरिरहेको छ भने विपक्षीहरूले संसद्लाई बेवास्ता गरेर कार्यकारी शक्ति केन्द्रित गर्न खोजिएको आरोप लगाउन थालेका छन् ।

अब बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री उपस्थित हुन्छन् वा फेरि राजनीतिक टकराव दोहोरिन्छ भन्ने चासो बढेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरू...

भू–माफियाको कब्जामा परेको काठमाडौंको बहुमूल्य जग्गा फिर्ता हुने संकेत

काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अत...

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन राजधानीको तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृति...

पाँच दलित सङ्गठन एकीकृत, ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन

काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गर...

‘देश बनाउने टोली’ भन्दै बालेनको पोस्ट, दुई मन्त्रीसँग तस्वीर सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफू र दुई मन्त्रीलाई ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक ग...

भारतीय कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइ...

टेम्पो भीरमा खसालिएको घटनाले तरंग : १२ वन कर्मचारी नियन्त्रणमा

कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विरोध र आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending