Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

खबरडबली संवाददाता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण कडा बनाउने नीति निरन्तर अघि बढाइरहेका बेला विश्वकप प्रतियोगितालाई सफल बनाउन विशेष छुटको व्यवस्था गरिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार विश्वकपमा सहभागी हुने टोलीका सदस्य तथा प्रतियोगितामा छनोट भएका देशका टिकट प्राप्त समर्थकलाई भिसा बन्ड अनिवार्य नहुने जनाएको छ । यस्तो सुविधा प्राप्त गर्न समर्थकले विश्वकपका लागि बनाइएको प्राथमिकता भिसा प्रणालीमा नाम दर्ता गरिसकेको हुनुपर्ने बताइएको छ ।

ट्रम्प प्रशासनले हालै लागु गरेको नयाँ आप्रवासन नीतिअनुसार करिब ५० विकासशील देशका नागरिकलाई अमेरिकी भिसा प्राप्त गर्न पाँच हजारदेखि १५ हजार डलरसम्म बन्ड रकम बुझाउनुपर्ने व्यवस्था गरिएको थियो । अमेरिकी अधिकारीका अनुसार ती नागरिक अमेरिका भ्रमणपछि निर्धारित समयमै आफ्नै देश फर्किएमा उक्त रकम फिर्ता गर्न सकिने छ ।

तर विश्वकपलाई ध्यानमा राख्दै अब केही श्रेणीका यात्रुलाई यस व्यवस्थाबाट छुट दिइने भएको हो । अमेरिकी विदेश मन्त्रालयकी कन्सुलर मामिलाकी सहायक विदेशमन्त्री मोरा नामदारले अमेरिका विश्वकप अवधिमा वैध यात्रालाई सहज बनाउँदै राष्ट्रिय सुरक्षालाई पनि बलियो राख्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी आगामी विश्वकप प्रतियोगिताका लागि वैध यात्राको सुविधा दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा प्राथमिकताहरूलाई अझ मजबुत बनाउन प्रतिबद्ध छौँ ।” उहाँका अनुसार ट्रम्प प्रशासनले इतिहासकै सबैभन्दा ठूलो र उत्कृष्ट फिफा विश्वकप आयोजना गर्ने लक्ष्य राखेको छ । फिफाले पनि अमेरिकी निर्णयलाई स्वागत गरेको छ । फिफाका प्रवक्ताले जारी गरेको वक्तव्यमा अमेरिकी सरकार र ह्वाइट हाउस टास्क फोर्ससँगको सहकार्यले विश्वकपलाई सफल, रेकर्ड कायम गर्ने र अविस्मरणीय कार्यक्रम बनाउन मद्दत पुग्ने उल्लेख गरिएको छ ।

यद्यपि सहजता दिइए पनि केही देशका समर्थक अझै कठिनाइमा पर्ने देखिएको छ । विश्वकपमा छनोट भइसकेका पाँच देशका नागरिक भने अझै भिसा बन्ड नीतिबाट प्रभावित हुने छन् । ती देशमा अल्जेरिया, केप भर्डे, आइभोरी कोस्ट, सेनेगल र ट्युनिसिया रहेका छन् । यसका अतिरिक्त, विश्वकपमा छनोट भएका कम्तीमा दुई देशका नागरिकमाथि ट्रम्प प्रशासनले लगभग पूर्ण प्रवेश प्रतिबन्ध लगाएको छ । 

तीमध्ये एक पश्चिमी गोलार्धको सबैभन्दा गरिब राष्ट्र मानिने हाइटी हो । अर्को इरान हो, जहाँ अमेरिका र इजरायलसँगको सैन्य तनाव चर्किरहेका कारण त्यहाँका नागरिकमाथि अमेरिकी प्रवेश नीतिमा थप कडाइ गरिएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीचको तनाव अझ बढेको थियो । त्यसपछि इरानी नागरिकमाथि अमेरिकी प्रवेश नीतिमा थप कडाइ गरिएको छ ।

ट्रम्प प्रशासनले मित्रवत पश्चिमी मुलुकका यात्रुमाथिसमेत निगरानी बढाएको छ । नयाँ व्यवस्थाअनुसार अमेरिका प्रवेश गर्न चाहने कतिपय विदेशी आगन्तुकले आफ्ना सामाजिक सञ्जाल गतिविधि अमेरिकी सरकारलाई हेर्न अनुमति दिनुपर्ने छ । यसलाई राष्ट्रिय सुरक्षासँग जोडिएको अतिरिक्त छानबिनका रूपमा हेरिएको छ ।

यसबिच, मेन्डोजा ल फर्मले गरेको अध्ययनले हाइटीका समर्थक भिसा प्रतिबन्धका कारण विश्वकप हेर्न अमेरिका पुग्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकालेको छ । अध्ययन अनुसार हाइटीले आफ्ना खेल घरेलु समर्थकविहीन अवस्थामा खेल्नुपर्ने सम्भावना देखिएको छ । विशेष गरी बन्ड व्यवस्थाबाट प्रभावित पाँच अफ्रिकी देशका नागरिकका लागि यो नीति आर्थिक रूपमा निकै भारी बन्ने देखिएको छ । 

अध्ययनले ती देशमा १५ हजार डलर रकम औसत तीन वर्षको आम्दानी बराबर हुने देखाएको छ । यसले धेरै समर्थकलाई अमेरिका यात्रा गर्न असम्भव जस्तै बनाउने विश्लेषण गरिएको छ । सन् २०२६ को फिफा विश्वकप जुन ११ देखि सुरु हुँदैछ । प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गर्दैछन् । प्रतियोगितालाई विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवका रूपमा हेरिएको छ र प्रतियोगितामा लाखौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्बन व्यापारबाट एक अर्ब १० करोड, उखु अनुदान भुक्तानी

काठमाडौँ। कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...

विरोधको शैली परिवर्तन गर्न सभामुखको आग्रह, विपक्षी असहमत

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्दै प्रतिनिधिसभामा विपक्षीको आजपनि विरोध

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएक...

बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...

बाल मन्दिर जग्गा भाडा प्रकरणमा तीन जना पक्राउ

काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

राष्ट्रिय सभाबाट आज चार अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाले आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याक प्रक्रियामार्फत पारित गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो ...

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर...

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षा...

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending