Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

प्रधानमन्त्री नआए पनि संसद् चल्ने बाटो खोलियो, जवाफ दिने दिन तोकियो

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने दिन तोकेका छन् ।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम आगामी वैशाख ३१ गते नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफल गर्न तथा सरकारको तर्फबाट जवाफ दिने कार्यतालिका निर्धारण गरिएको जानकारी गराएका हुन् ।

उनले संसद्मा भने, “सम्माननीय राष्ट्रपतिबाट प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि वैशाख ३१ गतेको दिन तोकिएको जानकारी गराउँदछु ।”

तर संसद्को पछिल्लो घटनाक्रमले एउटा नयाँ बहस जन्माएको छ । प्रधानमन्त्री उपस्थित नभए पनि संसद् चल्न सक्छ कि सक्दैन ?

बुधबार प्रतिनिधिसभाका लगातार तीन वटा बैठक बस्दा पनि यही प्रश्नले सदन अवरुद्ध भयो । कार्यसूची एउटै थियो, सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने । तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने अडान लिएपछि बैठक प्रभावकारी रूपमा अघि बढ्न सकेन ।

प्रधानमन्त्री बालेनले आफू उपस्थित हुन नसक्ने जानकारी गराउँदै अर्थमन्त्री स्वर्णी वाग्लेलाई नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्न जिम्मेवारी दिएका थिए ।

सुरुमा विपक्षी दलहरूले यो स्वीकार गरेनन् । पहिलो बैठक अवरुद्ध भएपछि दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले औपचारिक रूपमा प्रस्ताव प्रस्तुत गरे । तर त्यसपछि फेरि विपक्षी सांसदहरूले “छलफल सुन्न प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्छ” भन्ने माग राख्दै अवरोध कायम राखे ।

रोचक पक्ष के रह्यो भने विपक्षीहरूको यो अडानमा रास्वपा भने सहमत देखिएन । जसका कारण संसद्मा सत्ता–विपक्ष मात्र होइन, विपक्षी मोर्चाभित्रै पनि मतभेद देखिएको चर्चा सुरु भएको छ ।

अन्ततः तीन वटै बैठक बस्दा पनि नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुन सकेन । त्यसपछि सभामुख अर्यालले नियमावलीको व्यवस्था उद्धृत गर्दै नयाँ मिति तोकेका हुन् ।

नियमावलीले के भन्छ ?

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ मा नीति तथा कार्यक्रमसम्बन्धी कार्यविधि उल्लेख छ । उपनियम १ अनुसार राष्ट्रपतिबाट गरिएको सम्बोधनपछि नीति तथा कार्यक्रममाथि छलफल गर्न सभामुखले प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीसँग परामर्श गरेर दिन र समय निर्धारण गर्न सक्छन् ।

अर्थात्, नियमावलीले प्रधानमन्त्री अनिवार्य रूपमा उपस्थित हुनैपर्ने बाध्यकारी व्यवस्था गरेको छैन । प्रधानमन्त्री अनुपस्थित भए उनले अर्को मन्त्रीलाई प्रतिनिधिका रूपमा तोक्न सक्ने कानुनी बाटो खुला छ ।

त्यति मात्र होइन, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको अन्तिम जवाफ पनि प्रधानमन्त्री स्वयंले दिनुपर्छ भन्ने स्पष्ट बाध्यता नियमावलीमा छैन । नियम ३८ को उपनियम ३ मा “प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले जवाफ दिने” व्यवस्था गरिएको छ ।

यसको अर्थ, यदि प्रधानमन्त्री फेरि संसद्मा उपस्थित हुन चाहेनन् भने सरकारले अर्को मन्त्रीमार्फत पनि नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न सक्नेछ । सभामुख अर्यालका अनुसार नीति तथा कार्यक्रममाथि हालसम्म ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । ती प्रस्तावमाथि छलफल भएपछि मात्रै नीति तथा कार्यक्रम निर्णयार्थ सदनमा पेश हुनेछ ।

संसद्मा अहिलेको विवाद केवल प्रधानमन्त्रीको अनुपस्थितिमा सीमित छैन । यसले संसदीय उत्तरदायित्व, कार्यकारी नेतृत्वको भूमिका र संसद्को गरिमाबारे ठूलो राजनीतिक बहस जन्माएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने तर्क गरिरहेका छन् भने सरकार पक्षले नियमावलीअनुसार प्रक्रिया अघि बढिरहेको दाबी गर्दै आएको छ ।

अब वैशाख ३१ गते प्रधानमन्त्री स्वयं सदनमा उपस्थित हुन्छन् कि फेरि अर्को मन्त्रीलाई अगाडि सारिन्छ भन्ने विषय राजनीतिक चासोको केन्द्र बनेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरू...

भू–माफियाको कब्जामा परेको काठमाडौंको बहुमूल्य जग्गा फिर्ता हुने संकेत

काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अत...

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन राजधानीको तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृति...

पाँच दलित सङ्गठन एकीकृत, ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन

काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गर...

‘देश बनाउने टोली’ भन्दै बालेनको पोस्ट, दुई मन्त्रीसँग तस्वीर सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफू र दुई मन्त्रीलाई ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक ग...

भारतीय कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइ...

टेम्पो भीरमा खसालिएको घटनाले तरंग : १२ वन कर्मचारी नियन्त्रणमा

कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विरोध र आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending