काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कुनै पनि राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनमा आबद्ध कर्मचारीमाथि कडा कारबाही हुने चेतावनी दिएको हो ।
मन्त्रालयले स्पष्ट रूपमा भनेको छ । कर्मचारीले राजनीति गरे जागिरसमेत गुम्न सक्छ ।सूचनामा नेपालको संविधानले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको उल्लेख गरिएको छ । त्यसैले कर्मचारीहरू दलगत गतिविधिमा सक्रिय हुनु कानुन र प्रशासनिक आचरणविपरीत हुने सरकारको भनाइ छ ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) उद्धृत गर्दै राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई “भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने” व्यवस्था रहेको स्मरण गराएको छ ।
सरकारले सम्पूर्ण निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।
सूचनाअनुसार अब कुनै कर्मचारीले राजनीतिक दलको सदस्यता लिए, भ्रातृ वा जनवर्गीय संगठनमा आबद्ध भए, खुला रूपमा राजनीतिक गतिविधिमा सक्रिय देखिए,
वा राजनीतिक पदका लागि उम्मेदवार बनेमा उनीहरूमाथि विभागीय कारबाहीदेखि सेवाबाट हटाउनेसम्मको प्रक्रिया अघि बढाउन सकिनेछ ।
शाखा अधिकृत विबेक बेडारीद्वारा हस्ताक्षरित सूचनामा कर्मचारीहरूको राजनीतिक संलग्नताले सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ ।
सरकारको यो निर्देशनलाई प्रशासनभित्र बढ्दो राजनीतिक ध्रुवीकरण नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा विभिन्न कर्मचारी संगठनहरू खुला रूपमा राजनीतिक दलसँग नजिकिएको आरोप लाग्दै आएको थियो ।
कतिपय कार्यालयमा कर्मचारीको सरुवा, बढुवा र निर्णय प्रक्रियासमेत राजनीतिक प्रभावमा पर्ने गुनासो बढिरहेका बेला सरकारले यस्तो चेतावनी जारी गरेको हो ।
कर्मचारी वृत्तमा “के सरकार साँच्चै कडा कारबाही गर्छ, कि यो पनि कागजी निर्देशनमै सीमित रहन्छ ?” भन्ने प्रश्न उठ्न थालेको छ ।
किनभने नेपालमा लामो समयदेखि कर्मचारी संगठन र राजनीतिक दलबीचको सम्बन्ध खुला रहँदै आएको छ । धेरै कर्मचारी संगठनहरू प्रत्यक्ष रूपमा राजनीतिक दलनिकट मानिन्छन् ।
त्यसैले सरकारको यो निर्देशन व्यवहारमै कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषय अहिले प्रशासनिक वृत्तको मुख्य चासो बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...
बैशाख ३० गते, २०८३ - १९:०३
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...
बैशाख ३० गते, २०८३ - १८:५७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...
बैशाख ३० गते, २०८३ - १८:४६
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...
बैशाख ३० गते, २०८३ - १८:४१
सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...
बैशाख ३० गते, २०८३ - १८:३४
काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...
बैशाख ३० गते, २०८३ - १८:२५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...
बैशाख ३० गते, २०८३ - १८:१९
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...
बैशाख २९ गते, २०८३ - १९:४६
जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...



प्रतिकृया लेख्नुहोस्: