Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

खबरडबली संवाददाता

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेको छन् ।

समितिले विद्युत् नियमन आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गर्ने तयारी गरेको छ । यसका लागि १५ दिनको समय सीमा राखेर सार्वजनिक सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।

यसअघि आयोगका अध्यक्ष र चार  सदस्य सरकारले जारी गरेको ‘ सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वत: पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो ।

विद्युत् नियमन आयोग ऐन अनुसार समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी दरखास्त दिने अन्तिम मिति समाप्त भएको २१ दिनभित्र उपयुक्त उम्मेदवारहरूको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासीमाथी डोजर चलाउने कामलाई सरकारले ‘सुशासन’को संज्ञा दियो: महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छन् । सङ्घीय संस...

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपति जिम्मेवारी सुशीलबहादुर बज्राचार्यलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ। अध्...

हिरासतमा मृत्यु भएका श्रीकृष्ण विक प्रकरण: प्रहरी इन्सपेक्टर र जवानलाई विभागीय कारबाही सिफारिस

काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएका श्रीकृष्ण विक घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्य...

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ग...

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ...

देशको आर्थिक समृद्धिका लागि कृषिलाई आधुनिक बनाउन सांसद अर्यालको सुझाव

गौरवका आयोजना सम्पन्न गर्न काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हु...

विश्व बैँक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

काठमाडौँ। विश्व बैँकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा ने...

सुकुमवासीलाई लालपुर्जा नदिँदासम्म मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपल...

एमाले सचिवालय बैठक शनिबार बस्ने, ठाउँ भने अनिश्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओली को सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो। ...

खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending