Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Investment bank

सटर भाडादेखि जग्गाको आम्दानीसम्म ‘गायब’, सुर्खेत नगर विकासमा झन्डै ३ करोड हिनामिना

खबरडबली संवाददाता

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सुर्खेत उपत्यका नगर विकास समितिमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूले सटर भाडा र जग्गा भाडाबाट उठेको राजस्व बैंकमा दाखिला नगरी वर्षौँसम्म हिनामिना गरेको खुलेको हो ।

अनुसन्धानबाट आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म समितिले कुल ४ करोड १८ लाख ४ हजार ३०३ रुपैयाँ आम्दानी गरेको देखिएको छ । तर त्यसमध्ये केवल १ करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्रै बैंक खातामा जम्मा गरिएको पाइएको आयोगले जनाएको छ ।

बाँकी २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ भने गायब भएको भन्दै अख्तियारले त्यसलाई सीधा हिनामिना ठहर गरेको छ ।

आयोगले तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरि तिवारी र गहेन्द्रबहादुर डाँगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै सह–लेखापाल खड्क बहादुर राणा र तत्कालीन लेखा अधिकृत स्वर्गीय हरि बहादुर क्षेत्री की श्रीमती सीमा कुमारी चन्दलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारको आरोपपत्रअनुसार उनीहरूले मिलेमतोमा वास्तविक आम्दानी लुकाएर बैंक दाखिला भएको देखिने झुट्टा आय–व्यय विवरण तयार पारेका थिए । ती विवरणलाई समितिको बैठकबाट अनुमोदनसमेत गराएर अनियमिततालाई वैधानिक देखाउने प्रयास गरिएको दाबी आयोगको छ ।

प्रकरणमा संलग्न कर्मचारीहरूले सरकारी संरचनालाई निजी ‘क्यास काउन्टर’ जस्तै बनाएको आरोप समेत अनुसन्धानबाट देखिएको अख्तियार स्रोत बताउँछ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल, कैद सजाय तथा बिगोको दोब्बर जरिवानाको माग गरेको छ ।

यद्यपि आरोपितमध्ये तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षेत्रीको निधन भइसकेकाले उनको हकमा कैद सजाय माग नगरिएको आयोगले जनाएको छ । तर हिनामिनासम्बन्धी बिगो भने प्रचलित कानुनअनुसार उनकी श्रीमतीबाट असुलउपर गर्न माग गरिएको छ ।

यो प्रकरण सार्वजनिक भएसँगै स्थानीय तह र नगर विकास समितिहरूमा वर्षौँदेखि हुँदै आएको आर्थिक अपारदर्शिता फेरि बहसमा आएको छ । कागजमा आम्दानी देखाउने तर बैंक खातामा रकम नदेखिने प्रवृत्तिले सरकारी संरचनामाथिको विश्वासमै प्रश्न उठाएको टिप्पणी हुन थालेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...

सटर भाडादेखि जग्गाको आम्दानीसम्म ‘गायब’, सुर्खेत नगर विकासमा झन्डै ३ करोड हिनामिना

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...

४१ वटा झोलुङ्गे पुल निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...

प्रधानमन्त्री नआए पनि संसद् चल्ने बाटो खोलियो, जवाफ दिने दिन तोकियो

काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...

‘राष्ट्रपति बोलिरहँदा प्रधानमन्त्री गायब’ राष्ट्रिय सभामा सरकारमाथि कडा प्रश्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन  साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...

संसद् रोकियो, प्रधानमन्त्री ‘मन्त्रालय कटौती’को बैठकमा

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...

अलपत्र पाँच पुलको विकल्प खोजिँदै, भेरी कोरिडोरमा थप १४ पुल बनाउन सरकारको स्वीकृति

जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending