Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

कानुन निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छ - सांसद आचार्य

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिएको छन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद आचार्यले हालको संसदीय अभ्यासमा कानुन निर्माणको वास्तविक जिम्मेवारी मन्त्रालयको कर्मचारीतन्त्रको हातमा रहेको भन्दै चिन्ता व्यक्त गरेको हो । उनले शक्ति पृथकीकरण र संसदीय सर्वोच्चताको वास्तविक अभ्यासका लागि कानुन निर्माणको प्रक्रियागत संरचनामा परिवर्तन गरी सांसदलाई नै ‘ड्राइभिङ सिट’मा राख्नुपर्ने प्रस्ताव गरे।

सांसद आचार्यले संसद्‌मा देखिएका अवरोध र प्रधानमन्त्रीको जवाफदेहिताका बारेमा टिप्पणी गर्दै स्थापित विधि र प्रक्रियाको पालना गर्न आग्रह गरे। विपक्षी दलले संसद् अवरुद्ध गर्ने परिपाटीप्रति सङ्केत गर्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीलाई सिधै प्रश्न गर्न पाउने कानुनी बाटो प्रयोग गर्न सुझाव दिए। विधिभन्दा बाहिर गएर संसद् स्थगित गराउने गतिविधिले जनताप्रतिको उत्तरदायित्व प्रमाणित नगर्ने उनको तर्क छ ।

उनले भने, “कानुन निर्माणको वास्तविक स्टेरिङ संसद्‌मा नभई मन्त्रालयको ब्युरोक्रेटिक संरचनाको हातमा छ । हामी सांसदहरू केवल मस्यौदामाथि प्रतिक्रिया जनाउने र संशोधन हाल्ने भूमिकामा मात्र सीमित छौँ ।”

राज्यले सांसदहरूको वृत्तिविकास र क्षमता अभिवृद्धिमा लगानी गर्न हिचकिचाइरहेको भन्दै आचार्यले नीतिगत र कानुनी जटिलता बुझ्न सांसदहरूलाई विज्ञ सहयोगको आवश्यकता रहेको औँल्याए। यसका लागि नीति तथा कार्यक्रममै समेटेर सांसदहरूलाई विज्ञ स्वकीय सचिवको सुविधा उपलब्ध गराउनुपर्ने माग उनले राखे।

संसद्‌मा उठेका विषय र नागरिकका समस्यामाथि सरकारले गरेको सम्बोधनको पारदर्शी ट्रयाकिङका लागि आचार्यले ‘डिजिटल ड्यासबोर्ड’को अवधारणा अघि सारे। कुन सांसदले के विषय उठाए र त्यसमा सरकारले के कारबाही गर्‍यो भन्ने कुरा आम नागरिकले प्रत्यक्ष हेर्न पाउने व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ । साथै, लोकतान्त्रिक जबाफदेहितालाई प्रवर्धन गर्न जनअपेक्षा अनुरूप काम गर्न नसक्ने जनप्रतिनिधिलाई कार्यकाल नसकिँदै फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’ को व्यवस्थालाई नीति तथा कार्यक्रममा उच्च प्राथमिकताका साथ समेट्न उनले सरकारको ध्यानाकर्षण गराए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...

बेइजिङमा सी र ट्रम्पबीच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...

संसद् बहुमतले होइन, विवेक र चेतनाले चल्नुपर्छ : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...

कानुन निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छ - सांसद आचार्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...

प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...

सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति तथा कार्यक्रममा स्पष्ट देखिँदैन: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...

प्रधानमन्त्री अनुपस्थित हुनु अस्वाभाविक हैन, परम्परागत अभ्यासको निरन्तरतामा क्रमभंगता: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...

कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्न विश्वप्रकाश शर्माको आह्वान

काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending