काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफू र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई राजनीतिक रूपमै निशाना बनाउँदै गिरफ्तारी गर्ने तयारी गरिरहेको गम्भीर आशंका व्यक्त गरेका छन् ।
आइतबार गुण्डूस्थित आफ्नै निवासमा प्रेस चौतारी नेपालका प्रतिनिधिसँग कुराकानी गर्दै ओलीले यो कदमलाई सरकारको ‘सुशासनको परिभाषा’का रूपमा प्रस्तुत गरिँदैछ भनेका छन् ।
ओलीका अनुसार सरकारले आफ्नो असफलता र जनतासँगको दूरी लुकाउन ‘जेन–जी’ भनिने युवाहरूलाई संगठित गरेर आफू र लेखकविरुद्ध दवाबपूर्ण वातावरण बनाउन खोजिएको छ । “जेन–जीहरूलाई भेला गरिदिने, मागपत्र लेखिदिने, उनीहरूबाटै दवाब आएको जस्तो दृश्य निर्माण गरिदिने र त्यसलाई आधार बनाएर गिरफ्तारी गर्ने नाटक गरिँदैछ,” ओलीले आरोप लगाएका छन् ।
उनले थपे, “सरकारमा बस्नेहरूले सुशासन भनेको अपराधीलाई कारबाही गर्ने होइन, केपी ओली र रमेश लेखकलाई जेल पुर्याउने भन्ने मात्रै बुझेका छन् ।” ओलीका अनुसार यो अभियानलाई ‘कारबाहीको जनदबाब’ भनेर प्रचार गर्न सरकारभित्रैबाट योजनाबद्ध प्रयास भइरहेको छ ।
अध्यक्ष ओलीले आफूहरूलाई पक्राउ गर्न जेन–जीको नाममा चलाइएका गतिविधिहरू वास्तविक होइन, ‘आर्टिफिसियल ड्रामा’ भएको दाबी गरेका छन् । “सरकारले एउटा नाटक गरिरहेको छ, त्यो पनि विना बजेटको नाटक । न त तिनलाई वास्तविक मुद्दा छ, न त तिनको आफ्नै आवाज छ । सबै स्क्रिप्टै अनुसार चलिरहेको छ,” उनले भने ।
उनका अनुसार सरकार प्रशासनिक दक्षता बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने वा जनताका दैनिक समस्या समाधान गर्ने काममा हैन, राजनीतिक प्रतिशोधमा केन्द्रित छ । “हामी अहिले विना पैसा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य छौँ,” ओलीको टिप्पणी थियो ।
ओलीले वर्तमान गठबन्धन सरकारलाई असंवैधानिक र प्रतिशोधी सरकारको संज्ञा दिदै यसले अभिव्यक्ति स्वतन्त्रता र प्रतिपक्षी भूमिकालाई दमन गर्ने खालको नीति अपनाएको उल्लेख गरे । उनले हाल देखिएका गतिविधिहरू ०७५ सालको सत्ता संघर्ष, सत्ता समीकरण र संवैधानिक संशोधन विवादसँग जोडिएको दाबी गरे ।
उनले आफू र लेखकविरुद्ध कुनै पनि ठोस कानुनी आधार नभएको तर राजनीतिक उद्देश्यले गिरफ्तारीको चर्चा फैलाइएको बताए । “हामीलाई गिरफ्तार गरेपछि सुशासन आयो भनेर टेलिभिजनमा खबर चलाइन्छ,” ओलीले व्यंग्य गरे ।
ओलीले आरोप लगाए पनि सरकार वा प्रधानमन्त्री सुशीला कार्की तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन । तर सत्ता पक्षका केही नेताहरूले अनौपचारिक रूपमा ओलीका अभिव्यक्तिलाई ‘राजनीतिक नाटक’ र ‘आगामी निर्वाचनको प्रचार शैली’ का रूपमा व्याख्या गरेका छन् ।
यसअघि पनि ओलीले विभिन्न अवसरमा वर्तमान सरकारमाथि राजनीतिक बदला लिने अभियान चलाएको आरोप लगाउँदै आएका छन् । पछिल्लो अभिव्यक्ति भने, आफूलाई प्रत्यक्ष रुपमा गिरफ्तारी गरिने संकेत मिलिरहेको दाबीका कारण थप चर्चा र विवादको विषय बन्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: