खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जन्तेढुंगा गाउँपालिका–५ छेतुवा खानीडाँडाका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरिएको हो। उनीहरू दाजुभाइ हुन्।
प्रहरीका अनुसार असार १५ गते उनीहरूले सोही स्थानकी दिलमाया बुढाथोकीको घरमै पुगेर भरुवा बन्दुक देखाउँदै धाकधम्की दिएको भन्दै जाहेरी परेको थियो। सोही आधारमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउपछि गरिएको सोधपुछका क्रममा घरबाट करिब ४० मिटर टाढा दाउराको थुप्रोमा लुकाएर राखिएको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, खैरो रंगको झोलाभित्र राखिएको फलामका १४५ टुक्रा, गोलो आकारका चार थान फलाम र सेतो रंगका १४ वटा फलामका टुक्रा समेत फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - २०:५७
महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेक...
आषाढ़ १८ गते, २०८३ - २०:५३
सेवा छाडेका कर्मचारीका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय
आषाढ़ १८ गते, २०८३ - २०:४९
काठमाडाैं । नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मन...
आषाढ़ १८ गते, २०८३ - २०:४७
विशेष परिस्थितिमा नागरिकलाई सैन्य तालिम दिने सरकारकाे तयारी
आषाढ़ १८ गते, २०८३ - २०:४४
रसुवा । रसुवागढी नाकास्थित मितेरी पुलबाट आजदेखि पुनः सवारीसाधन सञ्चालनमा आएका छन्। बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि चार दिनपछि केरुङतर्फ सव...
आषाढ़ १८ गते, २०८३ - २०:४१
काठमाडौँ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छन्। बर्दियाको बढैयाता...
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...



प्रतिकृया लेख्नुहोस्: