काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। सुस्ताको माटो जोगाउन जीवन दाउमा राखेका उनी आज भने आफू नेपाली भएको प्रमाण माग्न बाध्य भएका छन्।
सुस्ता बचाउ अभियानका प्रतिनिधिहरूसँगै माइतीघर पुगेका खानले सरकारले आफूहरूजस्ता सीमावासीको पीडा अझै नसुनेको गुनासो गरे। आन्दोलनमा सहभागी सुस्तावासीले लालपुर्जा, नागरिकतासम्बन्धी कागजात र सुस्ताको माटोसमेत बोकेर आफ्नो अस्तित्वको आवाज उठाइरहेका छन्।
८० वर्ष नाघेका मुन्ना खानको शरीरमा अझै पनि गोलीका खत छन्। ती कुनै व्यक्तिगत द्वन्द्वका होइनन्, सुस्ताको भूमि जोगाउने संघर्षका साक्षी हुन्। तर, देशको सीमा जोगाउन गोली थापेका उनी अहिले पनि नागरिकताविहीन रहेको बताउँछन्।
"देशका लागि छातीमा गोली थाप्यौं, तर आज पनि हामीलाई अनागरिकजस्तै व्यवहार गरिन्छ," उनले पीडा सुनाए।
बाढीले बगायो बस्ती, नागरिकता पनि हरायो
मुन्ना खानका अनुसार २०२१/२२ सालतिर तत्कालीन सरकारले पूर्वसैनिक र पूर्वप्रहरी परिवारलाई सुस्तामा जग्गा उपलब्ध गराएर बसोबास गराएको थियो। तर, २०३४ सालको विनाशकारी बाढीले सयौं परिवार विस्थापित भएपछि उनीहरूको नागरिकता र पहिचानको समस्या झन् जटिल बन्दै गयो।
विस्थापित परिवारहरू विभिन्न स्थानमा छरिए पनि राज्यले उनीहरूको नागरिकताको समस्या समाधान गर्न नसकेको उनको गुनासो छ।
भारतीय दबाब अस्वीकार, गोली खाए पनि झण्डा फेरिएन
२०३८ सालपछि सुस्तामा पुनः बसोबास गर्न पुगेका स्थानीयमाथि भारतीय पक्षले भारतीय नागरिकता, आधार कार्ड र अन्य सुविधा दिने प्रलोभन दिएको मुन्ना खान बताउँछन्। तर उनले त्यो प्रस्ताव अस्वीकार गर्दै नेपालको झण्डा नछोड्ने अडान लिए।
यही संघर्षकै क्रममा २०४० साल भदौ ३० गते भएको सशस्त्र आक्रमणमा उनीमाथि छ वटा गोली लाग्यो। घटनामा तीन जनाको मृत्यु भयो भने दुई जना गम्भीर घाइते भएका थिए।
घटनापछि सुस्तामा सुरक्षाकर्मीको स्थायी उपस्थिति गराइयो। मुन्ना खानले प्रहरी चौकी निर्माणका लागि आफ्नै एक बिघा जग्गासमेत दान गरेका थिए।
दुई छोरा नेपाली, बाबु अझै नागरिकताविहीन
२०३६ सालमा लालपुर्जा पाए पनि मुन्ना खानले आजसम्म नागरिकता प्राप्त गर्न सकेका छैनन्। उनका दुई छोराले नागरिकता पाए पनि उनी आफैं भने अझै नागरिकताविहीन रहेको बताउँछन्।
सीमाको सुरक्षामा योगदान दिएका कारण तत्कालीन समयमा उनलाई ‘जिउँदो सहिद’को सम्मान दिइएको थियो। तर सम्मान पाए पनि नागरिकताको अधिकार भने नपाएको उनको गुनासो छ।
सरकारसँग संवादको अपेक्षा
सुस्ता बचाउ अभियानले पुल, सडक, विद्यालय, नदी नियन्त्रणलगायत सातबुँदे माग अघि सारेको छ। केही माग पूरा भए पनि नागरिकता र सीमावासीको अधिकारसँग जोडिएका विषय अझै समाधान हुन नसकेको उनीहरूको भनाइ छ।
माइतीघरमा आन्दोलनरत मुन्ना खानको आग्रह स्पष्ट छ—सरकारले उनीहरूको आवाज सुनोस्, संवाद गरोस् र सुस्तावासीलाई आफ्नै देशमा दोस्रो दर्जाको नागरिक बन्न नपरोस्।
"हामीलाई आश्वासन होइन, समाधान चाहिएको छ। नयाँ सरकारले हाम्रो पीडा बुझेर न्याय दिन्छ भन्ने अझै आशा छ," उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २१:२६
खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्या...
आषाढ़ १७ गते, २०८३ - २१:२४
काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। ...
आषाढ़ १७ गते, २०८३ - २१:२२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक र...
आषाढ़ १७ गते, २०८३ - २१:१७
कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया...
आषाढ़ १७ गते, २०८३ - २१:१३
काठमाडौं । ३० वर्षपछि महिलाको शरीरमा हार्मोन, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा प्राकृतिक परिवर्तन हुन थाल्छ। यही कारण पर्याप्त पानी पिउनु स्वस्थ जीवनशै...
आषाढ़ १७ गते, २०८३ - २०:५५
काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामपछि देखिएका बाँकी विवाद समाधान गर्न कतारमा अप्रत्यक्ष वार्ता हुने भएको छ। कतारको राजधानी दोहामा हुने वार्तामा द...
आषाढ़ १७ गते, २०८३ - २०:४६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...
आषाढ़ १७ गते, २०८३ - २०:४१
काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...
आषाढ़ १७ गते, २०८३ - २०:३९
काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...
आषाढ़ १७ गते, २०८३ - २०:२९
गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...



प्रतिकृया लेख्नुहोस्: