काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्ध ‘विश्वस्त साझेदारी’का रूपमा परिपक्व बन्दै गएको बताएकी छिन् ।
नेपालस्थित अस्ट्रेलियाली राजदूतावासद्वारा काठमाडौंमा आयोजित स्मृति समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकासदेखि विपद् व्यवस्थापनसम्मका क्षेत्रमा अस्ट्रेलियाले दिएको सहयोगले नेपालका विकास प्रयासमा दीर्घकालीन प्रभाव पारेको उल्लेख गरिन ।
उनले भनिन्, “नेपालको विकास यात्रामा अस्ट्रेलिया विश्वसनीय साझेदार रहँदै आएको छ । सहकार्यका यी दशकहरूले हाम्रो मित्रता र आपसी समझदारीलाई थप मजबुत बनाएको छ ।”
प्रधानमन्त्री कार्कीले विशेषगरी अस्ट्रेलियामा अध्ययनरत र बसोबास गरिरहेका करिब दुई लाख नेपाली समुदायलाई दुई मुलुकबीचको ‘जीवित सेतु’का रूपमा व्याख्या गर्दै उनीहरूले सम्बन्धलाई आत्मीयतासहित जोडिएको बताइन ।
प्रधानमन्त्री कार्कीका अनुसार नेपालले सन् २०२६ मा अति कम विकसित देशको सूचीबाट बाहिर निस्कने लक्ष्य लिएको छ, जसलाई समर्थन गर्दै आएको अस्ट्रेलियाप्रति नेपाल कृतज्ञ छ । उनले पर्यटन, प्रविधि र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रहरूमा लगानी र सहकार्यका नयाँ सम्भावना बढ्दै गएको बताउँदै “नेपाल–अस्ट्रेलियाको व्यापार र लगानी विस्तारका लागि अनुकूल वातावरण निर्माण भइरहेको छ” भनिन ।
समारोहमा प्रधानमन्त्री कार्कीले पछिल्ला जनआन्दोलन र राजनीतिक सक्रियताले युवा पुस्ताले भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी शासन माग गरेको स्पष्ट भएको बताइन । “युवा पुस्ताको चाहना अब स्पष्ट छ—जवाफदेही र भ्रष्टाचारविहीन सरकार । मेरो सरकार भ्रष्टाचार उन्मूलन र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा छ,” उनले भनिन् ।
कार्कीले अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनको कार्यकाल सकिँदै गरेको सन्दर्भमा उनले नेपाली जनताप्रति देखाएको समर्पण र कूटनीतिक सक्रियताले सम्बन्ध अझ सुदृढ भएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरिन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:५४
दाङ । दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते भएका ...
मंसिर २१ गते, २०८२ - १७:५१
मकवानपुर । हेटौँडा बजार क्षेत्रमा सुरु गरिएको सडक सीमा विस्तारीकरण अभियानअन्तर्गत ५३१ घरटहरा तथा विभिन्न संरचना भत्काइएका छन्। सडक डिभिजन कार्यालय हेट...
मंसिर २१ गते, २०८२ - १७:४५
काठमाडाैं । काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई...
मंसिर २१ गते, २०८२ - १७:४०
पर्वत। दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ। विसं २०४९ मा मार्ग विस्तार गरिए पनि ...
मंसिर २१ गते, २०८२ - १७:३७
जुम्ला । कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीले सुविधा सम्पन्न पक्की भवन प्राप्त गरेको छ। प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सु...
मंसिर २१ गते, २०८२ - १७:३५
काठमाडौं । दुई दिने भ्रमणका क्रममा यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारतको नयाँ दिल्लीमा रहेका छन् । विहिबार बेलुका दिल्ली पुगेका पुटिनलाई वि...
मंसिर २१ गते, २०८२ - १७:३२
काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ । कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न ला...
मंसिर २१ गते, २०८२ - १७:३०
सुमात्रा । इन्डोनेसियाको सुमात्रा टापुमा थप भारी वर्षाको सम्भावना देखिएको छ, जसले पहिले नै बाढीबाट प्रभावित क्षेत्रहरूमा थप चुनौतीपूर्ण अवस्था सिर्जना...
मंसिर २१ गते, २०८२ - १७:२७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणले देशका अन्य प्रदेशहरूमा पनि प्र...
मंसिर २१ गते, २०८२ - १७:१९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालका युवापुस्ता, विशेषगरी जेनजी पुस्ताबीच नेकपाप्रतिक...




प्रतिकृया लेख्नुहोस्: