काठमाडौं । स्वीकृत दरबन्दीभन्दा बाहिरका करार कर्मचारी हटाउन संघीय सरकारद्वारा तीनै तहका सरकारलाई गरिएको आग्रहपछि देशका धेरै स्थानीय तहमा दैनिक अत्यावश्यक सेवा प्रभावित भएका छन् ।
प्रदेश सरकारले हालसम्म स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अनुमोदन गरेको छैन । यस्तै, प्रदेश सरकारबाट कर्मचारी किताबखानामा दरबन्दी दर्ता नहुँदा तथा प्रदेश लोक सेवा आयोगले समयमा स्थायी कर्मचारी पूर्ति नगर्दा स्थानीय तहले करार सेवामा कर्मचारी राख्नुपर्ने बाध्यता थियो । दुर्गम क्षेत्रका स्थायी कर्मचारीलाई अन्तरप्रदेश तथा अन्तरस्थानीय तह सरुवाको बाटो खुल्दा धेरै कर्मचारी सुगम क्षेत्रमा गएको र त्यसले पनि स्थानीय तहलाई करारमा कर्मचारी भर्न बाध्य बनाएको स्थानीय तहहरूले बताएका छन् ।
अन्य धेरै स्थानीय तहमा सवारीचालक, स्वास्थ्यचौकी, पालिकास्तरीय अस्पताल, सामुदायिक विद्यालयका शिक्षक, इन्जिनियर, कृषि, पशु तथा स्वास्थ्य सेवाका प्राविधिक कर्मचारीको पद प्रदेश लोक सेवा आयोगले पूर्ति गर्न नसक्दा ती पदहरू करारमै भरिँदै आएका छन् ।
गत असोज ७ गते सरकारको खर्च कटौती र मितव्ययिताको नाममा संघ, प्रदेश र स्थानीय तहलाई स्वीकृत दरबन्दीभन्दा बाहिरका करार कर्मचारी हटाउन आग्रह गरिएको थियो । सो निर्णयपछि धेरै स्थानीय तहले करार कर्मचारी हटाउन थालेपछि एम्बुलेन्स, दमकल, सवारीचालकजस्ता अत्यावश्यक सेवा नै अवरुद्ध हुन पुगेका छन् ।
पर्साको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीका अनुसार गाउँपालिकामा हाल छ जना स्थायी कर्मचारी मात्र रहेकाले त्यसले पालिका सञ्चालन सम्भव छैन । “सङ्घीय र प्रदेश सरकारले सबै पदमा स्थायी पूर्ति गरिदिनुपर्छ, अन्यथा करार कर्मचारीबिना स्थानीय तहको सेवा बन्द हुन्छ,” उनले भनिन ।
ओएनएम स्वीकृत नगरी समन्वय नगरेका कारण स्थानीय तहमा कति दरबन्दी स्वीकृत छ भन्ने समेत स्पष्ट छैन । यसले करार कर्मचारी हटाउने निर्णय झनै अव्यवहारिक भएको स्थानीय तहका प्रतिनिधिहरूको भनाइ छ ।
करार कर्मचारी हटाउने सरकारी परिपत्रले अत्यावश्यक सेवा अवरुद्ध भएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएको छ । करार कर्मचारी नराख्दा स्थानीय शासन नै ठप्प हुने चेतावनी दिंदै गाउँपालिका राष्ट्रिय महासङ्घले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले दुर्गम स्थानीय तहमा करार कर्मचारीबिना सेवा सञ्चालन गर्नै नसकिने बताउँदै संघीय सरकारको निर्णय हचुवाका भरमा गरिएको टिप्पणी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: