काठमाडौं । सरकारकाे डिजिटल रूपान्तरण यात्रालाई गति दिन राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत स्थापना गरिएको उक्त केन्द्रको उद्घाटन आज मन्त्री जगदीश खरेलले गरेका हुन् ।
उद्घाटन समारोहमा मन्त्री खरेलले सानो कोठाबाट सुरु भएको यो केन्द्र नेपालमा एआई प्रविधिको महत्वपूर्ण फड्को भएको बताए । उनले भने, “एआई नीति आइसकेको छ, एआई काउन्सिल गठन भइसकेको छ, र आजदेखि केन्द्रले औपचारिक रूपमा कार्य सुरु गरेको छ । यसले नेपाललाई डिजिटल नेपालतर्फ अघि बढाएको सन्देश दिएको छ ।”
मन्त्री खरेलका अनुसार एआई प्रविधिले सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र नवप्रवर्तन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ । साथै, सार्वजनिक र निजी क्षेत्रका सेवालाई डिजिटल माध्यमबाट छिटो र पारदर्शी बनाउन नीतिगत पहल अघि बढाइनेछ ।
मन्त्रालयका सहसचिव आदेश खड्काले साउन महिनामा ल्याइएको एआई नीति–२०८२ अनुसार केन्द्र स्थापना गरिएको बताए । उनका अनुसार, एआई काउन्सिल गठन भइसकेको र नेपाल डिजिटल युगतर्फ प्रवेश गरेको छ ।
सूचना प्रविधि विज्ञ गौरव पाण्डेले केन्द्रको स्थापनाले निजी क्षेत्रलाई एआई प्रविधिमा लगानी र सहभागितातर्फ उत्साहित बनाउने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: