Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

रास्वपाकाे उम्मेदवार छनोट मापदण्ड: आवेदन शुल्क ५० हजार

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत प्रक्रिया सार्वजनिक गर्दै मापदण्ड बनाएको छ । पार्टीले यसपटक उम्मेदवार छनोटमा पारदर्शिता, योग्यता र जिम्मेवारीलाई प्राथमिकता दिने घोषणा गरेको छ ।

चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यद्वारा प्रस्तुत उम्मेदवार छनोट रूपरेखालाई स्वीकृत गर्दै उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको थियो । बैठकले तय गरेको यो प्रक्रिया अनुसार केही दिनभित्र औपचारिक कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ ।

सहमहामन्त्री आचार्यका अनुसार रास्वपाले बनाएको मापदण्डले “गलत व्यक्ति देश सञ्चालनमा पुग्ने सम्भावना न्यून पार्ने” उद्देश्य लिएको छ । “प्रशासनमा सामान्य कर्मचारी छनोट गर्दा मापदण्ड बनाइन्छ भने देश चलाउने नेतृत्व छनोट गर्दा त झनै स्पष्ट मापदण्ड चाहिन्छ । पुराना पार्टीहरूले यही कमजोरी गर्दा देशको अवस्था यस्तो बनेको हो,” उनले भने ।

रास्वपाको उम्मेदवार छनोट मापदण्ड मापनयोग्य हुने र फ्याक्टर रेटिङ मेथड अर्थात् कारक मूल्याङ्कन विधिअनुसार अंक भार दिइनेछ । प्रत्येक मापदण्डका सूचकमा प्राप्ताङ्कको समष्टि आधारमा उम्मेदवार छनोट गरिने बताइएको छ ।
केन्द्रीय समितिले अनुमोदन गरेको विशेष अवस्थामा बाहेक सबै उम्मेदवारले पाँच आधारभूत मापदण्ड पूरा गर्नुपर्नेछ । उम्मेदवार क्लब, लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी
समावेशिता, प्रारम्भिक निर्वाचन रहेका छन् । यी मापदण्ड पूरा नगरेका उम्मेदवारलाई छनोट प्रक्रियाबाट हटाइने व्यवस्था छ ।

रास्वपाबाट उम्मेदवार बन्न इच्छुक सदस्यले अनलाइन वा अफलाइन दुवै माध्यमबाट आवेदन दिन सक्नेछन् । आवेदन शुल्क ५० हजार रूपैयाँ तोकिएको छ । तर आर्थिक कारणले शुल्क तिर्न नसक्नेले कारणसहित निवेदन पेश गरेमा पार्टीले निःशुल्क अवसर दिनेछ ।

आचार्यका अनुसार उम्मेदवार क्लबमा सहभागी हुन इच्छुकले योग्यता परीक्षण, अभिलेखीकरण लगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ । “हाम्रो पार्टीले संविधान, कानुन र पार्टीको मापदण्ड पूरा गरेका व्यक्तिलाई मात्रै अवसर दिनेछ,” उनले स्पष्ट पारे । यसअघि रुपन्देही–३ का लागि तोकिएको प्रतिनिधिसभा उपनिर्वाचनमा रास्वपाले २५ हजार सेवा शुल्क लिएको थियो, यो पटक शुल्क बढाइएको छ ।

उम्मेदवारले संवैधानिक प्रावधान, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र पार्टीको विधानमा तोकिएका योग्यताहरू पूरा गर्नुपर्नेछ । साथै, उम्मेदवारले स्वघोषणा गर्नुपर्ने प्रावधान पनि राखिएको छ 
सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्र वैध भएको, घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार वा धम्की नगरेको,
जाति, लिङ्ग, धर्म वा कमजोर समूहको शोषण नगरेको आदि । यी सबै कुरामा उम्मेदवारले आफ्नो प्रतिबद्धता दस्तावेजमार्फत प्रमाणित गर्नुपर्नेछ । 

रास्वपाले उम्मेदवार छनोटमा निष्पक्षता कायम गर्न अडिट समिति गठन गर्ने निर्णय गरेको छ । यो समितिले प्रारम्भिक निर्वाचनको मतदाता नामावली, मतदान, मतगणना र नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र विधिसम्मत भए/नभएको मूल्याङ्कन गर्नेछ ।

पार्टीका अनुसार उम्मेदवार छनोट प्रक्रियाको ५० प्रतिशत अंकभार प्रारम्भिक निर्वाचनबाट निर्धारित हुनेछ । युवालाई २७ प्रतिशत, विदेश फर्किएका नेपालीलाई १० प्रतिशत कोटा ताेकिएकाे छ ।

रास्वपाले परम्परागत समानुपातिक बन्दसूचीलाई सुधार गर्दै वैज्ञानिक, तथ्यपरक र समावेशी प्रणाली लागू गर्ने घोषणा गरेको छ । संविधानले निर्दिष्ट गरेको जातीय क्लस्टरसँगै जनसांख्यिक र प्रादेशिक अनुपातलाई पनि आधार मानी २०७९ सालको आम निर्वाचनमा प्राप्त मतको प्रादेशिक अनुपातका आधारमा ११० जना उम्मेदवारको बन्दसूची तयार गर्ने योजना बनाइएको छ ।

त्यसमध्ये ४० वर्षमुनिका युवाका लागि २७ प्रतिशत प्रतिनिधित्व र विदेशबाट फर्किएका नेपालीका लागि १० प्रतिशत कोटा सुनिश्चित गरिएको छ । पार्टीले यसलाई ‘जेनजी पुस्ताको प्रतिनिधित्व’ भन्दै नयाँ पुस्ताको भावना र उर्जालाई संसदसम्म पुर्याउने उद्देश्य लिएको छ । 

२०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकाहरूले यस पटक सोही श्रेणीमा पुनः उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । यसले नयाँ अनुहारलाई अवसर दिने र आन्तरिक प्रतिस्पर्धा बढाउने पार्टीको नीति झल्काउँछ । उम्मेदवार बन्नेले पार्टीको केन्द्रीय अनुशासन आयोगमा आफ्नो सम्पत्ति विवरण, प्रहरी प्रतिवेदन, र पार्टी मूल्य–मान्यताप्रतिको प्रतिबद्धता पेश गर्नुपर्नेछ । साथै अन्य राजनीतिक पार्टीको सदस्यता त्याग गरेको प्रमाण पनि आवश्यक हुनेछ ।

रास्वपाले स्पष्ट पारेको छ-प्रतिनिधिसभाका लागि छनोट प्रक्रियामा सहभागी व्यक्ति त्यही अवधिभित्र हुने स्थानीय तहको निर्वाचनका उम्मेदवार बन्न पाउने छैनन् । यसले एकै समयमा दोहोरो अवसरको सम्भावना हटाउनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending