Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मलेसियाले तोकेका १० मापदण्डमा म्यानपावर व्यवसायीको आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी (म्यानपावर व्यवसायी)हरूले मलेसियाले तोकेका नयाँ मापदण्डलाई ‘सिण्डिकेट’ (एकाधिकार) को प्रयास भन्दै आपत्ति जनाएका छन् ।

गएको सोमबार मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत पठाएको पत्रमा १० मापदण्ड पूरा गर्ने म्यानपावर कम्पनीहरूबाट मात्रै श्रमिक लैजाने उल्लेख गरेपछि नेपालका म्यानपावर व्यवसायीहरू विरोधमा उत्रिएका हुन् ।

मलेसियाको परराष्ट्र मन्त्रालयले त्यहाँको मानव संशाधन मन्त्रालयलाई २०२५ नोभेम्बर १५ भित्र मापदण्ड पूरा गर्ने कम्पनीहरूको सूची मागेको छ । मलेसियाले तोकेका प्रमुख मापदण्डमामा म्यानपावर कम्पनी कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने, थप पाँच वर्षको सञ्चालन अनुमति प्राप्त हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको अनुभव भएको, कुनै पनि मानव बेचबिखन वा अवैध कारोबारमा नमुछिएको, स्थायी कार्यालय कम्तीमा १० हजार वर्गफिट क्षेत्रफलको हुनुपर्ने, श्रमिक प्रशिक्षण, मूल्याङ्कन, भर्ती तथा पठाउने कामका लागि वैधानिक अनुमति प्राप्त भएको,
सञ्चालकले सर्टिफिकेट अफ गुड कन्डक्ट प्राप्त गरेको, आफ्नै स्वामित्वमा तालिम तथा मूल्याङ्कन केन्द्र सञ्चालन गरेको,  जस्ता शर्तहरू समावेश छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीका अनुसार यी मापदण्ड सतहमा राम्रो देखिए पनि व्यवहारमा केही ठूला म्यानपावर कम्पनीहरूको फाइदाका लागि ल्याइएका हुन् ।

‘मलेसियामा श्रमिक स्वास्थ्य परीक्षणका लागि जस्तै गरी म्यानपावरमा पनि सिण्डिकेट बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘मापदण्ड पूरा गर्ने कम्पनी थोरै मात्र छन्, त्यसैले यसले प्रतिस्पर्धा र समान अवसरमा ठेस पुर्‍याउँछ ।’

उनका अनुसार, यसअघि बंगलादेशमा पनि २५ म्यानपावर कम्पनीमार्फत मात्रै कामदार पठाउने व्यवस्था भएपछि त्यहाँका श्रमिकहरूलाई अत्यधिक शुल्क तिर्न बाध्य पारिएको थियो । ‘त्यो नैतिक भर्ना प्रक्रियाको नाममा गरिएको आर्थिक चलखेल थियो,’ खत्रीले दाबी गरे, ‘नेपालमा पनि त्यही मोडेल लागू गर्न खोजिएको हो ।’

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरूङले सामाजिक सञ्जालमार्फत मलेसियाको निर्णयको विरोध गर्दै लेखेका छन्, ‘कुनै बेरोजगार युवाले आफू विश्वास गर्ने म्यानपावरबाट मलेसिया जान चाह्यो भने किन रोक्ने ?’
उनले मलेसियाले तोकेको १० हजार वर्गफिट अफिस क्षेत्रफलको मापदण्डलाई पनि असान्दर्भिक बताउँदै भनेका छन्, ‘अफिस सानो भएर गुणस्तर कम हुन्छ भन्ने तर्कको कुनै औचित्य छैन ।’

श्रम मन्त्रालयका एक अधिकारीका अनुसार मलेसियाले नयाँ मापदण्ड आप्रवासी भर्नामा कडाइ गर्नका लागि बनाएको हुन सक्छ । ‘हाल मलेसियाले नेपाली कामदार खासै लैजाँदै छैन, त्यसैले आवश्यकता कम भएको बेला कडाइ गरेर छनोट सिमित गर्न खोजेको देखिन्छ,’ उनले बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भने मलेसियाको मापदण्डबारे औपचारिक जानकारी विभागमा नआएकाले हाल कुनै प्रतिक्रिया दिन नसक्ने बताए ।
मलेसियाको नयाँ मापदण्डले पर्न सक्ने सम्भावित असरबारे प्रधानमन्त्री सुशीला कार्कीले पनि चासो देखाएकी छन् ।

प्रधानमन्त्रीले बिहीबार श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई अध्ययन गरी आवश्यक पहल गर्न निर्देशन दिएकी हुन् । सचिव पुष्करले यस विषय कूटनीतिक रूपमा सम्बोधन गर्नुपर्ने बताए ।

नेपालका म्यानपावर व्यवसायीहरूका अनुसार मलेसियाको नयाँ नीति लागू भएमा करिब एक दर्जन ठूला कम्पनी मात्र पात्र हुनेछन्, जसले श्रमिकमाथि आर्थिक भार बढाउने सम्भावना छ । मलेसियाले नेपालसँगै बंगलादेश, भारत, पाकिस्तान र म्यानमारका लागि पनि यही किसिमका मापदण्ड तोकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending