Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

२५ उद्योग बन्द हुँदा २४ हजार मजदुर बेरोजगार

खबरडबली संवाददाता

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझेका उद्योगको विद्युत् आपूर्ति बन्द गरेपछि बुटवल–भैरहवा औद्योगिक कोरिडोरसहित देशभरका २५ उद्योग ठप्प भएका छन् ।

विद्युत् कटौतीपछि करिब २४ हजार मजदुर कामविहीन भएका छन् । रुपन्देहीका हिमाल आइरन, पञ्चकन्या स्टिल, एभरेस्ट रोलिङ, एसआर स्टिल, सिद्धार्थ पेट प्लास्ट, गोयन्का फुड्स, भलबारी स्वचालित चामल मिल, श्याम प्लास्टिक, घराना फुड्स, विशाल सिमेन्ट, शिवम्, घोराही, अर्घाखाँची र निगाले सिमेन्टलगायत उद्योगमा उत्पादन बन्द भएको छ ।

मजदुरहरूले “उद्योग र प्राधिकरणबीचको विवादको सजाय आफूहरूले पाउनु अन्यायपूर्ण” बताएका छन् । पञ्चकन्या स्टिलका मजदुर रनबहादुर सारूले भने, “तिहारको भोलिपल्टदेखि उद्योग र कोठा दुवै अन्धकार छन्, चार दिनदेखि काम छैन ।”

प्राधिकरणले लोडसेडिङको समयमा उद्योगहरूले डेडिकेटेड/ट्रङ्क लाइन प्रयोग गरी अतिरिक्त विद्युत् खपत गरेको भन्दै बाँकी देखिएको रकम तिर्नुपर्ने बताएको छ । तर उद्योगीले “प्रयोग नै नगरेको” दाबी गर्दै प्रमाण बिना महसुल नतिर्ने अडान लिएका छन् ।

नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्दन मारूका अनुसार प्राधिकरणले प्रमाणबिनै बक्यौता बिल तिराउन खोजेको छ । “हामीलाई सुनेर सहमति खोज्ने साटो उद्योग बन्द गराइयो, यो अन्याय हो,” उनले भने ।

प्राधिकरणले भने २०७८ को महसुल सङ्कलन विनियमावलीअनुसार चेतावनी दिएर मात्र लाइन काटिएको बताएको छ । यसअघि १३ उद्योगले किस्ताबन्दीमार्फत भुक्तानी सुरु गरिसकेका छन् । बाँकी २५ उद्योगले प्रक्रिया अघि नबढाएपछि विद्युत् आपूर्ति बन्द गरिएको प्राधिकरणको भनाइ छ । उद्योगीहरू अहिले सरकारसँग छिट्टै समाधान निकाल्ने अपेक्षामा छन् ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending