Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

पर्यटकको आकर्षणमा भाेजपुरकाे ‘कन्यादह मङ्गलबारे देवस्थल’

खबरडबली संवाददाता

भोजपुर । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। स्थानीयको पहलमा ऐतिहासिक कन्यादह र मङ्गलबारे देवस्थलको संरक्षण गरिएपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो। 

धार्मिक आस्थासँगै यहाँको प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई लोभ्याउने गरेको छ। बिस्कुट्नेडाँडामा रहेको मङ्गलबारे देवस्थल, कन्यादह, धार्मिकसँगै रमणीय पर्यटकीय क्षेत्र रहेकाले यहाँ धूपी, असोक, जामुन, आँप, लिचीलगायतका बिरुवासमेत रोपणको गरिएको छ। 

यहाँको कन्यादह तथा मङ्गलबारे देवस्थलमा दर्शन गरे मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रहेको स्थानीय हर्कराज राईले बताए। यो प्रसिद्ध क्षेत्र ओझेलमा परेकाले यसको विकास तथा प्रचारप्रचार स्थानीय जुटेको उनको भनाइ छ। “यो क्षेत्रको पर्यटकीयसँगै धार्मिक महत्व पनि छ”, उनले भने, “संरक्षण अभावमा यहाँका कतिपय संरचना ओझेलमा परेको अवस्था थियो, यो स्थानलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न हामी जुटेका छौँ।”

योसँगै यहाँ रहेका आतबारे देवस्थल र सोमबारे देवस्थल निकै ठूलो धार्मिक महत्व रहेको स्थानीय सुगम राईले बताए। यी क्षेत्रमा विभिन्न समयमा पूजाआजासँगै मेला महोत्सव लाग्ने गरेको छ। “यहाँ आइतबारे, सोमबारे र मङ्गलबारे गरी तीन देवस्थल छन्”, उनले भने, “यी धार्मिक क्षेत्रको आ–आफ्नै विषेशता रहेका छन्, मङ्गलबारे र कन्यादह संरक्षण गरेका छौँ, अन्य क्षेत्रको पनि संरक्षणको काम गरिरहेका छौँ।”

यो क्षेत्रबाट कावा खोला फाँट, धनकुटाको छिन्ताङ, हतुवागढी क्षेत्र, हिले बजार तथा मौसम सफा भएको समयमा विभिन्न ठाउँको मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानीय सङ्गम राईले बताए। यहाँ आउने मानिसलाई प्राकृतिक सुन्दरताले लोभ्याउने उहाँको भनाइ छ। यो क्षेत्रको संरक्षण गरिएपछि आन्तरिक पर्यटकको आवगमन बढेको उनले बताए। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending