Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

बाँकेमा तिहारकाे समयमा १७ लाख नगदसहित ३० जुवाडे पक्राउ

खबरडबली संवाददाता

बाँके । बाँकेमा तिहार अवधिभर जुवा खेलिरहेका ३० जना जुवाडे पक्राउ परेका छन् । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जुवा खेल्दै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट १६ लाख ९९ हजार ६६५ रुपियाँ नगद बरामद भएको छ । “हामीले असोज २२ गतेदेखि कात्तिक ३ गतेसम्म जिल्लाका विभिन्न स्थानहरुमा जुवा खेल्दै गरेका अवस्थामा ३० जना जुवाडे पक्राउ गरेका छौँ, उनीहरुका साथबाट १६ लाख ९९ हजार ६६५ नगद रुपियाँसमेत बरामद गरेका छौँ, उनीहरुलाई कानुनअनुसार मुद्दा चलाएका छौँ” जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दीपक पातलीले भने । 

प्रहरी नायव उपरीक्षक पातलीका अनुसार जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका तथा कोहलपुर नगरपालिकाका विभिन्न स्थानहरुमा जुवा खेल्दैगरेका अवस्थामा ३० जना जुवाडेहरुलाई पक्राउ गरिएको छ ।

प्रनाउ पातलीका अनुसार असोज २२ गते नेपालगन्ज उपमहानगरपालिका वडा २ बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवा खेल्दै गरेका १४ जना जुवाडेलाई पक्राउ गरिएको थियो । उनीहरुका साथबाट १३ लाख ६३ हजार ८०० रुपियाँ नगद बरामद गरिएको उनले बताए ।

त्यसैगरी असोज २५ गते खजुरा गाउँपालिका वडा ४ ‘जी’ गाउँस्थित ब्रोइलर कुखुरा पालन गर्न बनाइएको टहरोबाट पाँच जना जुवाडे पक्राउ परेका थिए । उनीहरुका साथबाट प्रहरीले ४७ हजार ३० रुपियाँ नगद बरामद गरेको थियो ।

कात्तिक ३ गते कोहलपुर नगरपालिका वडा १५ चौधरीया गाउँस्थित पुरानो कुखुराको फार्मभित्र जुवा खेलिरहेका अवस्थामा १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट दुई लाख ८८ हजार ८३५ रुपियाँ बरामद गरिएको प्रनाउ पातलीले जानकारी दिए ।

पक्राउ परेका जुवाडेलाई मुलुकी अपराध संहिताअन्तर्गत जुवासम्बन्धी ऐनले गरेको व्यवस्थाअनुसार कारबाहीका लागि मुद्दा चलाइएको बाँके प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending