Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

खबरडबली संवाददाता

कैलाली । छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदी तटमा विगत १३ वर्षदेखि आयोजना गर्दै आएको छठ पूजामा श्रद्धालु भक्तजनको सङ्ख्या बढ्दै गएको छ ।

छठ पूजाका लागि मोहना नदी तटमा पाँच वटा पालसहितको घर बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आएकामा हिजोआज कम्तीमा २६० को हाराहारीमा पूजा कक्ष निर्माण गर्न थालिएको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । 

उनले छठ पूजाका लागि सुरुमा रु ३५ हजार मात्र खर्च हुने गरेका अहिले रु १५ लाख लाग्ने गरेको उल्लेख गरे । स्थानीय तह, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्थालगायत सर्वसाधारणको सहयोगमा रकम सङ्कलन गरी समितिले हरेक वर्ष पूजा सम्पन्न गर्दै आइरहेको जनाएको छ ।

सुरुका वर्षमा पूजास्थलमा कम चहलपहल हुने र सुनसान देखिने भए पनि पछिल्ला केही वर्षयता करिब एक लाखको हाराहारीमा भक्तालु तथा दर्शनार्थीहरू अवलोकनका लागि आउने गरेका अध्यक्ष मण्डलले जानकारी दिए ।

“यो पर्व पहिले विशेष गरी मिथिला समुदायले मात्र मनाउने चलन थियो, तर पछिल्लो समय अन्य समुदायले पनि मनाउने गरेका छन्”, उनले भने, “निरहार व्रत बसेर धनगढीको मोहना छठीघाटमा ३०० भन्दा बढी परिवार तथा अन्य समुदायका व्यक्ति पूजाका लागि आउने गरेका छन्, त्यस्तै दुई हजारको हाराहारी भक्तजन नदीमा आएर सूर्यनारायणलाई फूल तथा जल अर्पण गर्ने गर्दछन् ।”

छठ पर्व आउनुभन्दा एक महिना अघिदेखि मोहना नदी तटमा सरसफाइ गरी पूजालाई सफल पर्न स्थानीयको सहभागितामा तयारी गर्ने गरिएको समितिका उपाध्यक्ष रोशनकुमार कर्णले बताए । 

“विगतमा यो पर्वतर्फ यहाँका अन्य समुदाय तथा स्थानीयको रुचि कम थियो”, उनले भने, “पछिल्ला केही वर्षयता सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म यो पर्व मनाउने स्थलमा आउने गरेका छन् ।”

यस पर्वमा परिवारका सदस्यहरूको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तानलाभ प्राप्तिलगायत कामनाका लागि भक्तालुहरू व्रत बस्ने गर्दछन् ।

यस वर्ष छठ पर्वको तयारीका लागि धनगढीको मोहनाघाटमा २५६ पूजाकक्ष निर्माण गरिएका छन् । ती पूजाकक्षमा पाल, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी माला, पताका गायतले सजाएर आकर्षक बनाइएको उपाध्यक्ष कर्णले जानकारी दिए ।

भक्तजन तथा दर्शनार्थीका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । धनगढी बजारका मुख्य स्थानमा स्वागतका लागि प्रवेशद्वार निर्माण गरिएका छन् । 

नेपालको पूर्वी भेगबाट ल्याइएका कालीगढले सूर्यको प्रतिमासहित विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी, पेन्टिङ गर्ने, सजाउने काम अन्तिम चरणमा पुगेको छ ।

मोहना नदीतटीय भागको माथितिर ठूलो पण्डाल निर्माण गरिएको छ  । जहाँ अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।

त्यस्तै भजनकीर्तन नाचगान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकीलगायत कार्यक्रमको पनि आयोजना गरिएको जनाइएको छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गर्दछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending