काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एक महिनासम्म सञ्चालित मेलामा करिब दुई लाख भक्तजनले सहभागिता जनाएका छन् । आश्विन शुक्ल पूर्णिमादेखि सुरु भएको उक्त मेलामा मन्दिरमा दर्शनका लागि काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट भक्तजन सहभागी भएका हुन् । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित मूर्ति राखिएकाले आदिनाथ भनिन्छ ।
हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको आदिनाथलाई हिन्दू धर्मावलम्बीले शिव शक्तिका प्रतिकका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । बौद्ध अनुयायीले लोकेश्वर तथा करुणाका प्रतिकका रुपमा पूजाआजा गर्ने चलन छ ।
दुवै धर्मका भक्तजनको सम्बन्ध पाइने उक्त मन्दिरलाई अर्धनारेश्वरसमेत भनिन्छ । यो एक महिनाको अवधिमा मन्दिरमा दर्शन गर्दा रोगव्याधी तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि पाइन्छ । भय, रोग र विघ्नबाट मुक्त भई परिवारमा सुख तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
सोही अवधिमा लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्धमार्गीहरुको विश्वास छ । मन्दिरमा दर्शन तथा पूजाआजा गरेमा आर्थिक समृद्धि प्राप्त हुने विश्वासका साथ भक्तजनले दर्शन गरेको पूजारी सरोज शाक्यले जानकारी दिनुभयो । भक्तजनले विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा गर्ने प्रचलन छ ।
लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको ऐतिहासिक र पुरातात्विक महत्वको मन्दिरमा विभिन्न भाँडाकुँडा तथा गरगहना चढाउने गरेको पाइन्छ । काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त स्थलबाट विभिन्न हिमशङ्खला तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: