ताप्लेजुङ । ताप्लेजुङमा कृत्रिम फूल मालाको कारोबार बढेको छ । जिल्लामा सयपत्री, मखमली लगायतका फूल नफुलेकाले कृत्रिम (प्लाष्टिक) फूल मालाको कारोबार बढेको हो ।
सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीका अनुसार कृत्रित फूलका मालाको कारोबार तुलनात्मक रुपमा वृद्धि भएको हो । सहर बजार क्षेत्रमा माग तथा आवश्यकता अनुसार प्राकृतिक फूल सयपत्री र मखमली नपाइने भएपछि कृत्रिम फूल मालाको मागसँगै कारोबार बढेको व्यवसायीको भनाइ छ ।
फुङ्लिङ बजारका अधिकारी फेन्सी स्टोर्सका सञ्चालक गोपाल अधिकारीले गतवर्षभन्दा यो वर्ष कृत्रिम फूल मालाको कारोबार सन्तोषजनक भएको बताए । व्यवसायी अधिकारीका अनुसार विगतमा भन्दा यो वर्ष तिहार केही छिटो भएकाले कृत्रिम फूल मालाको कारोबार तुलनात्मक रुपमा बढेको हो । उनले बजार क्षेत्र मात्र नभई ग्रामीण भेगका उपभोक्ताले समेत कृत्रिम फूलमाया खरिद गरिरहेको बताए ।
फुङ्लिङ बजारकै व्यवसायी पवित्रा काफ्ले मेहताले पनि गत वर्षभन्दा यसपटक प्लाष्टिक अर्थात् कृत्रिम फूल मालाको कारोबार राम्रो भइरहेको बताए । उनका अनुसार मालाको रुपमा प्रयोग गर्नेगरी गाउँघरमा सयपत्री र मखमली फुलिनसकेको भन्दै उपभोक्ताले कृत्रिम फूलको माला खरिद गर्ने गरेका छन् ।
फुङ्लिङ बजारका अर्का व्यवसायी भरत अधिकारीले पनि कृत्रिम फूल मालाको कारोबार राम्रै भइरहेको बताए । आयुस एण्ड अनुज कस्मेटिक पसलकी सञ्चालक सिर्जना श्रेष्ठले पनि कृत्रिम फूल मालाको व्यापार सन्तोषजनक नै रहेको बताए । उनले प्रतिगोटा न्युनतम् ५० देखि ७०० रुपियाँसम्मको कृत्रिम फूल माला बिक्री गर्दै आएको जानकारी दिए ।
यता गाउँघरमा तिहारमा प्रयोग गर्नेगरी रोपिएको सयपत्री र मखमली फूल भर्खर मात्र फुल्न थालेको स्थानीय बताउँछन् । यसवर्ष तिहार छिटो भएकाले सयपत्री र मखमली फूल फक्रनलाई बाँकी नै रहेको स्थानीयको भनाइ छ । फुङ्लिङ नगरपालिका–५ का स्थानीय बिक्रम लिम्बूले घर तथा कोठा सजाउनलाई कृत्रिम फूल माला राम्रै हुने बताए । भाइटीका लागि भने सयपत्री र मखमली फूलको खोजी भइरहेको लिम्बूले बताए ।
यता सयपत्री, मखमलीजस्ता प्राकृतिक फूलको अभाव भएकै कारण कृत्रिम फूलमाला खरिद गरिरहेको सर्वसाधारण बताउँछन् । गाउँमा घर–घरमा सयपत्री र मखमली रोपेको भए पनि आंशिक मात्र फुल्न थालेको अर्थात कोपिला अवस्थामै रहेकाले कृत्रिम फूल माला खरिद गर्न बाध्य हुनुपरेको उनीहरुको भनाइ रहेको छ । व्यापारीले भने कृत्रिम फूल माला तिहारमा मात्र नभई अन्य कार्यक्रममा पनि पटक पटक प्रयोग गर्न सकिनेभन्दै उपभोक्तालाई आकर्षित गर्ने गरेका पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १७:३९
तनहुँ । म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।...
पौष १४ गते, २०८२ - १७:३५
कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलाली जिल्लामा १२ वटा मतदान केन्द्र थपिएको छ। विसं २०७९ को निर्वाचनको तुलनामा मतदाताक...
पौष १४ गते, २०८२ - १७:३०
गुल्मी । पछिल्लो समय गुल्मीमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्ट...
पौष १४ गते, २०८२ - १७:२७
भोजपुर । जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शि...
पौष १४ गते, २०८२ - १७:२४
म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा रहेको महारानीथान–छाप–डाँडाखेत–ठूलोखोला सडकको स्तरोन्नति कार्य सुरु भएक...
पौष १४ गते, २०८२ - १७:२२
काठमाडाैँ । इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेशनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । यो केन्द्र राष्ट्रिय...
पौष १४ गते, २०८२ - १७:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगको ...
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...




प्रतिकृया लेख्नुहोस्: