काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित परिस्थितिमा रूपान्तरण हुने पार्टी माओवादी भएकाे बताएका छन् ।
जनजागरणका युवासँग निरन्तर संवाद र छलफल भइरहेको बताउँदै संविधान संशोधन गरेर उनीहरूलाई बुझाउने कार्यक्रम जारी रहेकाे बताए । उनले भने-क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ । यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ ।
सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको उनको भनाइ थियो । ‘लेनिनले भनेजस्तो क्रान्तिकारी पार्टी र नेताले मात्र गल्ती स्वीकार गर्छन् । बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन् । जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रूपान्तरण हुनुपर्छ । भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै होइनन्,’ उनले भने ।
उनले मुलुकको वर्तमान परिस्थिति असाधारण र जटिल रहेको बताउँदै अब जनताले साथ दिनु पर्ने समयमा आएकाे बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा महालक्ष्मीस्थानमा सम्पन्न नेपाल संवत् ११४६ को शुभकामना आदान-प्रदान, चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका थप बढेको उनले उल्लेख गरे ।
उनले वर्तमान अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको पनि जानकारी दिए । ‘गत भदौ २३ गते जनजागरणले बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलित भएर राजनीति र देशप्रतिको मायाँका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो। तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनाक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ। यो हामीले बुझ्नुपर्छ । त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्यौं,’ उनले भने ।
प्रचण्डले जनजागरण आन्दोलनका मागहरू पार्टीकै मागसँग मेल खाने भएकाले समर्थन गरेको उहाँले उल्लेख गर्दै युवाको चाहना र भावनाअनुसार पार्टी रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
प्रचण्डले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुवात गरेको आरोप लगाए । पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भन्ने पत्रकारहरूले नभन्ने र यसको निराकरण सम्बन्धित पार्टी सदस्यहरूले नै गर्ने विषय भएकोमा पनि उनले जोड दिए ।
कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकारलाई प्रत्याभूत गर्ने संविधान लेखेको उनले भने । माओवादी केन्द्र ललितपुर महानगर इन्चार्ज तथा संविधानसभा सदस्य राजकाजी महर्जनले पार्टीलाई उत्साहका साथ नयाँ जिम्मेवारीमा रूपान्तरण गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: