Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

पोखरा महानगरले तोक्यो सयपत्री फूलको मूल्य

खबरडबली संवाददाता

पोखरा । पोखरा महानगरपालिकाले सयपत्री फूलको बिक्री मूल्य तोकेको छ । आफ्ना नगरभित्रका किसानले उत्पादन गरेका फूलको बजारीकरणलाई जोड दिँदै पोखराले फूलको न्यूनतम समर्थन मूल्य तोकिदिएको हो ।

पोखरा महानगरले स्थानीय स्तरमा उत्पादित फूललाई तीन प्रकारमा ग्रेडिङ गरेको छ । निर्धारित मूल्य सूची अनुसार, ‘ए’ ग्रेडको १५ देखि २० ग्राम तौलको प्रति थुङ्गा फूललाई ५ रुपैयाँ र प्रति मालालाई १ सय ५० रुपैयाँ पर्नेछ ।

यस्तै, ‘बी’ ग्रेडको १० देखि १५ ग्राम तौलको प्रति थुङ्गा फूलको मूल्य ४ रुपैयाँ र प्रति माला १ सय ३० रुपैयाँ तोकिएको छ । ‘सी’ ग्रेडको ५ देखि १० ग्राम तौलको प्रति थुङ्गा फूल २ रुपैयाँ र प्रति माला १ सय रुपैयाँ तोकिएको छ ।

तीनवटै ग्रेडका फूल प्रति केजी ३ सय देखि ४ सय रुपैयाँमा पाउन सकिने आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । कृषि सञ्जाल, पोखरा उद्योग वाणिज्य सङ्घ, फ्लोरिकल्चर एसोसिएसन कास्की र कृषि ज्ञान केन्द्र कास्कीसँगको विस्तृत छलफलपछि मूल्य तोकिएको उनले बताए । पोखराका २५ भन्दा बढी ठाउँबाट सयपत्री फूल र माला बिक्री हुनेछन् ।

कात्तिक ३, ४ र ५ गते पोखराको बगर, महेन्द्रपुल, तालचोक, लगायतका किसान बजार र वडा कार्यालयहरूमा फूल खरिद बिक्री हुने व्यवस्था मिलाइएको छ । यसअघि महानगरले स्थानीय उत्पादन बेच्न तयार गरेको किसान बजार र कृषि उपज थोक बजारबाट फूलको बिक्री गर्ने व्यवस्था मिलाइएको कडरियाले बताए ।

यसवर्ष महानगरको सहयोगमा करिब ३ सय रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको छ । यसबाट ३ लाख माला उत्पादन हुने र करिब ३ देखि ४ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।

महानगरपालिकाले विगत तीन वर्षदेखि बीउमा अनुदान, उत्पादनको बजारीकरणमा सहजीकरण र कृषकलाई न्यूनतम समर्थन मूल्य प्रदान गर्दै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending