काठमाडौं । अब तिलिचो ताल घुम्न जाने पर्यटकले पदयात्राकै क्रममा फोरजी मोबाइल सेवा उपयोग गर्न सक्ने भएका छन् । समुद्री सतहदेखि करिब ४ हजार ३५० मिटर उचाइमा रहेको तिलिचो ताल क्षेत्रमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
फोरजी सेवा सुरु भएको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहेका टेलिकमका फिल्ड इन्जिनियर निरज गुप्तासँग भिडियोकलमार्फत कुराकानी गर्दै प्रसिद्ध पर्यटकीय क्षेत्र तिलिचोमा उच्च प्रविधिको मोबाइल सेवा विस्तार भएकोमा खुशी व्यक्त गरे ।
सेवा सञ्चालनसँगै खाङ्सार–श्रीखर्क–तिलिचो आधार शिविर–बाइस घुम्ती हुँदै तिलिचो तालसम्मका बासिन्दा र पदयात्रीलाई सञ्चार सम्पर्कमा सहजता हुने टेलिकमले जनाएको छ । साथै, पर्यटन तथा होटेल व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुन यसले सहयोग पुग्ने जनाएको छ ।
उच्च उचाइ र प्रतिकूल मौसमका कारण कठिन मानिने यस क्षेत्रमा यात्राक्रममा पदयात्रीलाई स्वास्थ्यसम्बन्धी समस्या परेमा आपत्कालीन उद्धारमा पनि सहयोग पुग्ने टेलिकमको भनाइ छ ।
यसैगरी, दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने च्छोरोल्पा पदयात्रा मार्गको अन्तिम बस्ती नागाउँमा पनि भ्वाइस सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ । मंगलबारदेखि भिस्याट प्रविधिमार्फत सुरु गरिएको सो सेवाले बेदिङ, नागाउँ, च्छोरोल्पा, दुधकुण्ड, यालुङ बेसक्याम्प र टासी–लेप्चा पास बेसक्याम्प क्षेत्रका स्थानीय बासिन्दा र पर्यटकलाई सञ्चार सम्पर्कमा सहजता पुर्याउनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: