काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण र संवर्द्धन शब्द राखेमात्र यसको सोचअनुसार काम हुनसक्नेमा यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् ।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले २०४४ सालमा कोष गठन हुँदा पहिलो कार्यकारी प्रमुख भई काम गरेका देवीप्रसाद चापागाईंले आज आयोजना गरिएको साक्षात्कार कार्यक्रममा कोषको नाममा ‘विकास’ शब्द राखिएकाले पुरातात्त्विक महत्त्वका संरचना पनि जथाभावी रूपमा भत्काएर बनाउनतर्फ मात्र ध्यान गएको बताए ।
मूल मन्दिरअघिको पश्चिम भागमा रहेको धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको आँगमघर पनि अन्यत्र सारेर विकास गरेजस्तो मात्र देखाइएको चापागाईंले धारणा राखे । 'उक्त नाममा संरक्षण र संवर्द्धन राखिएको भए धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका यस्ता संरचना जोगाउनतिर ध्यान जाने थियो, विकास नाम राखिएकाले भत्काएर बनाउनतिर मात्र ध्यान गएजस्तो छ, म कार्यकारी प्रमुख हुँदा यस्ता काम भएको थिएन,' पूर्वकार्यकारी प्रमुख चापागाईंले भने । त्यसबेला सञ्चालक परिषद् र कार्यकारी समिति बेग्लाबेग्लै बनाएर व्यवस्थित गरिएकामा यो संरचना २०४९ सालपछि बिगारिएको उनको भनाइ थियो ।
२०४९ पछि भने सञ्चालक परिषद्ले नीतिनियम पारित गर्ने र कार्यान्वयन पनि गर्नेगरी व्यवस्था गर्दा केही समस्या आएको आफूले अनुभव गरेको उनले बताए । हजारौँ वर्षदेखिको इतिहास भएको द्वादश ज्योतिर्लिङ्गको पनि शिर पशुपतिनाथको विश्वभरका हिन्दुमाझ प्रचारप्रसार गर्न सके नेपालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले पशुपति क्षेत्रलाई व्यवस्थित गरिनुपर्ने चापागाईंको धारणा थियो ।
समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले द्वादश ज्योतिर्लिङ्गको दर्शन गरिसकेपछि पशुपतिनाथको दर्शन नगरे मनोकामना सिद्ध हुँदैन भन्ने धार्मिक आस्थाका आधारमा विश्वभरका वैदिक सनातन धर्मावलम्बीले जीवनमा एकपटक पशुपतिनाथ आउन चाहने बताए । यसअनुसार प्रचारप्रसारका साथै भौतिक एवं सांस्कृतिक संरचनाको निर्माण नभएकाले यस्तो बहस सुरु गरिएको उनले उल्लेख गरे ।
यो बहसलाई कोषको कार्यकारी प्रमुख भई काम गरेका अन्य पदाधिकारीसम्म पनि विस्तार गरिने समाजले जनाएको छ । धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई व्यवस्थित गर्न सरोकार भएका निकायका अधिकारीहरूलाई यस्ता बहसमा समावेश गराइँदै लगिने पनि सो अवसरमा जानकारी गराइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: