Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

उदयपुर प्रशासनद्वारा राती ८ वजेपछि देउसी भैलाै खेल्न नखेल्न अनुराेध

खबरडबली संवाददाता

उदयपुर । उदयपुरमा राती ८ वजेपछि देउसी भैलाै खेल्न नपाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गर्दैै दिपावली, नेपाल संवत र छठ पर्व मर्यादित र सुरक्षित ढंगले मनाउन आग्रह गरी राती ८ वजेपछि देउसी भैलाै खेल्न नपाइने जानकारी दिएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा शुक्रबार जारी सूचना अनुसार चाडपर्वका अवसरमा सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्दै परम्परा अनुरूप संस्कार र संस्कृतिको संरक्षण गर्न सबैलाई आग्रह गरिएको छ ।

सूचनामा देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति ८ बजेसम्म मात्र गर्न र धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न/नगराउन भनिएको छ। साथै आतिसबाजी, पटाका, भूइचम्पा, बमजस्ता विष्फोटक पदार्थको खरिद–बिक्री र प्रयोग नगर्न पनि निर्देशन दिइएको छ ।

दिपावली र छठ पर्वका बेला दियो तथा बत्ती बाल्दा आगलागी हुन सक्ने भएकाले सावधानी अपनाउन प्रशासनले सबैलाई सचेत गराएको छ । साथै राजमार्ग र अन्य सडक अबरोध नगर्न, उपभोग्य वस्तुमा कालोबजारी, मिसावट वा मूल्यवृद्धि नगर्न र निषेधित जुवा, तास, चिट्ठा, अनलाइन ठगी तथा अवैध कारोबारजस्ता कार्यहरू नगर्न अनुरोध गरिएको छ ।

त्यस्तै मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला नगर्न, ट्राफिक नियमको पालना गर्न, सवारीसाधनमा तोकिएभन्दा बढी यात्रु नबोक्न र नशा सेवन गरी सवारी नचलाउन निर्देशन गरिएको छ ।

प्रशासनले रातको समयमा पसल वा कम्पाउण्ड खुला नराख्न, संकास्पद व्यक्ति वा गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ । कुनै व्यक्ति वा समूहले यस्ता कार्यविरुद्धका निर्देशन उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending