महोत्तरी । गएकाे केही समय अघिकाे अविरल वर्षा र बाढीका कारण महोत्तरी जिल्लाको कृषि क्षेत्रमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति पुगेको छ ।
कृषि ज्ञान केन्द्र, महोत्तरीका अनुसार बाढी, डुबान र लगातारको वर्षाले धान, उखु, तरकारी, फलफूल, दलहन र नर्सरी बालीहरूमा व्यापक क्षति पुर्याएको हो ।
ज्ञान केन्द्रका प्रमुख देवानन्द रायका अनुसार जिल्लाका १४ वटै स्थानीय तहमा करिब १,२२५ हेक्टरभन्दा बढी कृषि जमिनमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको छ । “करिब ५७ हजार ५२७ मेट्रिक टन बाली नष्ट भएको छ, जसको बजार मूल्य लगभग ९६ करोड ५८ लाख रुपियाँ बराबर हुन्छ,” रायले बताए ।
सबैभन्दा बढी क्षति धानबालीमा पुगेको छ । प्रारम्भिक विवरणअनुसार १० हजार ५९१ हेक्टर क्षेत्रफलमा लगाइएको धान बगाएको छ । लामो समयसम्म पानी नपरेका कारण जिल्लामा मात्र ७७ प्रतिशत खेतमा धान रोपाइँ भएको थियो । त्यो पनि नष्ट हुँदा किसान थप मर्माहत बनेका छन् ।
धानपछि करिब ४३ हजार ११२ हेक्टरमा लगाइएको उखुबाली नष्ट भएको छ । त्यस्तै १,४९० हेक्टरमा लगाइएका तरकारी बालीहरू खेतमै गलेका छन् । कृषि ज्ञान केन्द्रका लेखा अधिकृत गोविन्द किशोर साहका अनुसार आर्थिक मूल्याङ्कनका आधारमा सबैभन्दा बढी क्षति उखुमा पुगेको छ ।
उनका अनुसार उखुमा करिब ४० करोड ७७ लाख, धानमा ३१ करोड ७७ लाख र तरकारीमा २१ करोड २३ हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
फलफूल, दलहन, तिल र नर्सरी बालीसमेत समेट्दा कुल क्षति एक अर्ब रुपियाँ नाघेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाढीबाट प्रभावित किसानहरूले प्रदेश र सङ्घ सरकारसँग राहत र सहुलियतको माग गर्दै आएका छन् । स्थानीय तहका प्रमुखहरूले पनि किसानलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: