हुम्ला। दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाका ग्रामीण वस्तीमा मौसमी फ्लुका बिरामी बढेपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गर्न सुरु गरेका छन् ।
बस्तीमा मौसमी फ्लुका बिरामी बढेको खबर आउन थालेपछि गाउँपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली औषधीसहित गाउँ पुगेका हुन् ।
ताँजाकोट गाउँपालिका–४ को सिरुपाटामा स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार सुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो । सो वस्तीमा धेरै बिरामी भएको जानकारी आएपछि शाखाबाट स्वास्थ्यकर्मीहरुको टोली औषधीसहित मङ्गलबार सिरुपाटा पुगेका हुन् ।
बिरामीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, जीउ र टाउको दु:ख्ने, श्वासप्रश्वासमा समस्या आउने गरेको थियो । बिरामीहरुको उपचारपछि औषधी वितरण गर्ने कार्य गरिएको उनले बताए। दुई दिनमा ३० जना महिला र ३५ जना पुरुष गरी ६५ जना मौसमी फ्लुका बिरामीको उपचार गरिएको हो ।
त्यसैगरी, वडा नम्बर ५ को साँत्ती र ३ को रामा नैकलामा पनि फैलिएको र त्यहाँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरिएको पनि जानकारी उनले दिए। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरुमा मौसमी फ्लु देखिएको छ । दसौँन चिल्लो, पिरो, धुँवा धुलो पनि बढी भएका र चिसो मौसम पनि सुरु भएको कारण बिरामी बढी रहेको उनले बताए। शाखाले मौसमी फ्लुका बिरामीहरु कुनै पनि वस्तीमा देखिएमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था र शाखालाई जानकारी गराउन पनि सबैलाई आग्रह गरेको छ ।
मौसम परिवर्तन भएका कारण बिरामी बढ्ने हुँदा यसबाट जोगिन पनि शाखाले आग्रह गरेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने मौसमी फ्लुका बिरामीहरु धेरै रहेको अस्पतलाकी बरिष्ठ अनमी सरिता बोहराले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...
आषाढ़ १ गते, २०८३ - १७:१६
काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...
आषाढ़ १ गते, २०८३ - १७:०३
जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...
आषाढ़ १ गते, २०८३ - १६:५३
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...
आषाढ़ १ गते, २०८३ - १६:४२
जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...
आषाढ़ १ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...
आषाढ़ १ गते, २०८३ - १५:५३
पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...
आषाढ़ १ गते, २०८३ - १५:४२
जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...
आषाढ़ १ गते, २०८३ - १५:२१
जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...



प्रतिकृया लेख्नुहोस्: