Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

हुम्लामा बढ्दै मौसमी फ्लुका बिरामी

खबरडबली संवाददाता

हुम्ला। दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाका ग्रामीण वस्तीमा मौसमी फ्लुका बिरामी बढेपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गर्न सुरु गरेका छन् ।

बस्तीमा मौसमी फ्लुका बिरामी बढेको खबर आउन थालेपछि गाउँपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली औषधीसहित गाउँ पुगेका हुन् ।

ताँजाकोट गाउँपालिका–४ को सिरुपाटामा स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार सुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो । सो वस्तीमा धेरै बिरामी भएको जानकारी आएपछि शाखाबाट स्वास्थ्यकर्मीहरुको टोली औषधीसहित मङ्गलबार सिरुपाटा पुगेका हुन् ।

बिरामीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, जीउ र टाउको दु:ख्ने, श्वासप्रश्वासमा समस्या आउने गरेको थियो । बिरामीहरुको उपचारपछि औषधी वितरण गर्ने कार्य गरिएको उनले बताए। दुई दिनमा ३० जना महिला र ३५ जना पुरुष गरी ६५ जना मौसमी फ्लुका बिरामीको उपचार गरिएको हो ।

त्यसैगरी, वडा नम्बर ५ को साँत्ती र ३ को रामा नैकलामा पनि फैलिएको र त्यहाँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरिएको पनि जानकारी उनले दिए। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरुमा मौसमी फ्लु देखिएको छ । दसौँन चिल्लो, पिरो, धुँवा धुलो पनि बढी भएका र चिसो मौसम पनि सुरु भएको कारण बिरामी बढी रहेको उनले बताए। शाखाले मौसमी फ्लुका बिरामीहरु कुनै पनि वस्तीमा देखिएमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था र शाखालाई जानकारी गराउन पनि सबैलाई आग्रह गरेको छ ।

मौसम परिवर्तन भएका कारण बिरामी बढ्ने हुँदा यसबाट जोगिन पनि शाखाले आग्रह गरेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने मौसमी फ्लुका बिरामीहरु धेरै रहेको अस्पतलाकी बरिष्ठ अनमी सरिता बोहराले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...

बन्दसत्र सुरु हुनुअघि एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...

एक महिनाभित्र काम थाल्न ठेकेदारलाई मन्त्री घिसिङको अल्टिमेटम

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending