ललितपुर । ललितपुरकाे जावलाखेल स्थित पार्टी प्यालेस (रामबाग महल)मा एमाले नेता कार्यकर्ताकाे बाक्लो भीड सँगै अध्यक्ष केपी शर्मा ओलीका शब्दहरू अझ बाक्ला । एमाले अध्यक्ष ओली मञ्चमा उक्लिएर हाँसिरहेका थिए । त्यो हाँसोमा विजयको होइन, अस्वीकारको आभास थियो। उनले भने, “म बिग्रिएको भए पो सप्रिनु ? सिंहदरबार जलाउने सप्रिनुपर्यो।”
यी शब्दहरूजस्तै कठोर र आत्मकेन्द्रित आवाजले एमालेभित्रको वैचारिक तापक्रम फेरि बढाएको छ। ओली सत्ताबाट बाहिरिएकाे ३७ दिन बितिसक्यो तर भाषणको स्वर अझै सत्ताको जस्तो छ। आलोचनाभन्दा प्रतिवाद, आत्मसमीक्षाभन्दा आक्रोश, पार्टीभित्रको असन्तोषभन्दा व्यक्तिगत आत्मविश्वास हावी ।
‘जेन–जी आन्दोलन’लाई चोरको संज्ञा दिँदै, आन्दोलनको मागमाथि व्यङ्ग्य गरेर, ओलीले आफ्नै नेतृत्वमाथि उठेका प्रश्नहरूलाई थप तिखा बनाइिदए ।
त्यो दम्भ केवल राजनीतिक प्रतिस्पर्धीहरूमाथि होइन, आफ्नै कार्यकर्तामाथि पनि निसाना बनेको छ । उनले भने, “पार्टीभित्र नबोल्ने, बाहिर बोल्नेहरू सप्रिनु पर्दैन ?” यो भनाइले एमालेभित्रको डर र मौनता कति गाढा छ, त्यसको पनि झलक दिन्छ । ओलीको नेतृत्वमा पार्टी ‘व्यक्तित्वकेन्द्रित’ हुँदै गएको आरोप एमालेकै नेताहरूले उठाइरहेका छन् । तर, ओली त्यसलाई आत्मसमीक्षाको कारण होइन, चुनौतीका रूपमा लिँदै आएका छन्।
भदौ २३ र २४ को बित्यासपछिको जनआक्रोश, अन्तर्राष्ट्रिय असन्तुष्टि, र पार्टीभित्रको अस्वस्थता यी सबै प्रश्नहरूको उत्तर ओलीसँग छैन। या त उनले उत्तर दिन चाहेका छैनन्। सत्ताबाट बाहिरिँदा लागेको चोट अझै निको भएको छैन, बरु त्यसले अहंकारलाई थप गाढा बनाइदिएको छ । उनी अझै पनि ‘म’ को वर्तुलभित्रै छन् । जहाँ आलोचना दुश्मन ठहरिन्छ, र आत्मसमीक्षा कमजोरी।
राजनीतिमा नेतृत्वको मूल्य केवल जित्ने क्षमताबाट होइन, हार स्वीकार्ने परिपक्वताबाट पनि मापन हुन्छ। ओली अहिले त्यही परिपक्वताको परीक्षा मैदानमा छन् । तर, उनको अहंकार अझै अवतरण गरेको छैन । ओली कहिले सप्रिन्छन् ? कि उनी सधैं “बिग्रिएको” अवस्थाको गर्वमा रमाउनेछन् ? सबैकाे मनमा यही प्रश्नले ठाउँ जमाइरहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: