Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको छ । महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने बहस नसकिँदै गर्दा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत भने चुनावी मैदानमा उत्रिएको सन्देश दिँदै आफ्नै गृहपालिका बाह्रबिसेमा चुनावी सभा आयोजना गरेका छन् ।

देशभर निर्वाचनको मिति नै अन्यौलमा रहेको बेला पहिलो पटक चुनावी सभा आयोजना गरेर बस्नेतले राजनीतिक वृत्तमा तरंग पैदा गरेका छन् । यद्यपि, उनी आफैँ टिकट पाउने–नपाउने अनिश्चितताबाट मुक्त भने छैनन् । टेरामक्स खरिद प्रकरणमा उनीविरुद्ध दायर भ्रष्टाचार मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ । कानुनी जोखिम कायमै रहे पनि बस्नेतले आफू भावी उम्मेदवारझैँ प्रस्तुत गर्दै चुनावी गतिविधि तीव्र पारेका छन् ।

कांग्रेस सिन्धुपाल्चोक क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि बस्नेतको नाम एकल रूपमा सिफारिस गरेको थियो । तर जिल्ला तथा बागमती प्रदेश समितिले बस्नेतसँगै जिल्ला सभापति जंगबहादुर लामा र नेता महेन्द्र लामाको नाम समेत केन्द्रमा पठाएपछि पार्टीभित्रको विवाद सतहमा आएको हो ।

यसै विवादका कारण बस्नेत जिल्ला नेतृत्वसँग खुलेआम असन्तुष्ट देखिएका छन् । बाह्रबिसेमा गरिएको चुनावी सभामा जिल्ला सभापति जंगबहादुर लामालाई आमन्त्रण नगरिनुले कांग्रेसभित्रको अन्तरविरोध सार्वजनिक भएको छ ।

क्षेत्रीय समितिको सिफारिस बेवास्ता गर्दै छलफलविनै थप नाम पठाइएको आरोप लगाउँदै बस्नेत पक्षधर नेताहरूले पार्टी केन्द्रीय समितिमा औपचारिक उजुरीसमेत दर्ता गराएका छन् । जिल्ला उपसभापति दोर्जे लामा र टंक कार्की, सचिव भक्तध्वज बोहरालगायत नेताहरूलाई काठमाडौं पठाएर जिल्ला नेतृत्वविरुद्ध ‘काउन्टर अट्याक’ सुरु गरिएको कांग्रेस स्रोतको भनाइ छ ।

बाह्रबिसे नगरपालिकाका मेयर तथा कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको नेतृत्वमा बस्नेत निकट नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर मोहन बस्नेतबाहेक अरू उम्मेदवारले चुनाव जित्न नसक्ने दाबी गरेका छन् । बस्नेतलाई उम्मेदवार बनाए जसरी पनि जिताएर पठाउने प्रतिबद्धता उनीहरूले सभापति देउवासमक्ष राखेका थिए ।

जिल्ला समितिको निर्णयविरुद्ध उजुरी दर्ता, केन्द्रीय नेतृत्वसम्म प्रत्यक्ष पहुँच, चुनावी अन्यौलकै बीच आक्रामक सभा र राजधानीबाट दुई दर्जनभन्दा बढी पत्रकारलाई बाह्रबिसे लैजानु—यी सबै गतिविधिलाई कांग्रेसभित्र बस्नेतको ‘टिकट सुरक्षित गर्ने रणनीति’का रूपमा हेरिएको छ ।

“सिन्धुपाल्चोकमा आफू नै सबैभन्दा बलियो उम्मेदवार भएको सन्देश केन्द्रसम्म पुर्‍याएर दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ,” कांग्रेसका एक नेताले भने, “आवश्यक परे दबाबकै राजनीतिबाट टिकट हात पार्ने रणनीति देखिन्छ ।”

यता, देशभर देखिएको जेन–जी असन्तोष, भ्रष्टाचारविरुद्धको बढ्दो जनआक्रोश र निर्वाचन आयोगले भ्रष्टाचार तथा नैतिक प्रश्नमा परेकाहरूका लागि स्वमूल्यांकनसम्बन्धी कानुन ल्याउने तयारीले बस्नेतको सम्भावित उम्मेदवारी थप चुनौतीपूर्ण बनेको कांग्रेस नेताहरूको विश्लेषण छ ।

विशेष अदालतबाट निर्वाचनअघि नै सफाइ पाए बस्नेतको उम्मेदवारी सहज हुन सक्छ । तर मुद्दा विचाराधीन अवस्थामा नै रहे केन्द्रले टिकट नदिन सक्ने सम्भावना पनि उत्तिकै रहेको कांग्रेस स्रोत बताउँछ ।

रोचक त के छ भने, बाह्रबिसेमा आयोजित सभामै बस्नेतले “टिकट मैले पनि पाउन सक्छु, अरूले पनि पाउन सक्छन्, जसले पाए पनि कांग्रेसकै उम्मेदवारले जित्नुपर्छ” भन्ने अभिव्यक्ति दिएपछि पार्टीभित्रै ‘बस्नेतलाई टिकट नपाउने डर बढेको हो कि ?’ भन्ने बहस सुरु भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

भोटेबहालमा बसको ठक्करबाट २ भारतीय नागरिकको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर

नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...

इरानको आणविक भण्डार नियन्त्रणबारे ट्रम्प प्रशासनभित्र छलफल

काठमाडौं। अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: