Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

खबरडबली संवाददाता

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज कालीमाटी बजारमा तरकारीदेखि फलफूलसम्मका मूल्यमा मिश्रित अवस्था देखिएको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ र गोलभेँडा ठूलो (भारतीय) १२० रुपैयाँ कायम गरिएको छ । यस्तै गोलभेँडा सानो (लोकल) ७०, टनेल १००, भारतीय ९५ र तराई क्षेत्रको ८५ रुपैयाँ प्रतिकिलो तोकिएको छ । आलु रातो प्रतिकिलो ४० रुपैयाँ र भारतीय आलु २८ रुपैयाँमा कारोबार हुने भएको छ भने सुकेको भारतीय प्याज प्रतिकिलो ५८ रुपैयाँ निर्धारण गरिएको छ ।

तरकारीतर्फ गाजर (लोकल) ८० र तराईको ७० रुपैयाँ प्रतिकिलो, बन्दा (लोकल) ४५, तराई तथा नरिवल जातको ३० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । काउली स्थानीय ६०, ज्यापु ७० र तराईको ४५ रुपैयाँ प्रतिकिलो तोकिएको छ । रातो मूला ४०, सेतो मूला (लोकल) १५ र हाइब्रिड २५ रुपैयाँ प्रतिकिलो रहेको छ । भन्टा लाम्चो ६० र डल्लो ८० रुपैयाँ प्रतिकिलो तोकिएको छ भने मकै बोडी ७० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

यसैगरी मटरकोसा १००, घिउ सिमी (लोकल) ७०, हाइब्रिड ५५ र राजमा १७० रुपैयाँ प्रतिकिलो कायम भएको छ । टाटे सिमी ७०, तिते करेला १००, लौका ७०, परबर १३०, घिरौँला १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ । फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ४५ र डल्लो ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । भिन्डी १३०, सखरखण्ड ७०, पिँडालु १०० र स्कुस ३० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

सागसब्जीतर्फ रायोसाग ५०, पालुङ्गो ८०, चमसुर ८०, तोरीको साग ५०, मेथी १००, हरियो प्याज ६० र बकुला ११० रुपैयाँ प्रतिकिलो तोकिएको छ । च्याउ (कन्य) १२० र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ भने कुरिलो प्रतिकिलो १२०० रुपैयाँ पुगेको छ ।

फलफूलतर्फ स्याउ (झोले) २५० र फुजी ३२० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । केरा (दर्जन) २०० रुपैयाँ, कागती १००, अनार ४००, सुन्तला (नेपाली) १२०, मौसम ११० र जुनार १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ । नास्पाती (चाइनिज) २३०, मेवा (नेपाली) ७०, भारतीय मेवा १००, अम्बा १२०, किबी २५०, स्ट्रबेरी ५०० र एभोकाडो ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

यसका साथै मसला तथा अन्य उपजतर्फ अदुवा ८०, हरियो खुर्सानी ९०, अकबरे खुर्सानी ४००, सुकेको खुर्सानी ४४०, लसुन (नेपाली) २५० र चाइनिज ४०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । ताजा माछातर्फ रहु प्रतिकिलो ३४०, बचुवा २८० र छडी २५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।

समितिले तोकेको यो थोक मूल्य दैनिक रूपमा बजारको माग–आपूर्ति र मौसमी अवस्थाअनुसार परिवर्तन हुन सक्ने जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending